LBBL 476 2 SMATA 852 -14 API 293 -8 MKJC 458 -2.2 EBL 603 -12 NLG 1310 -25 ILBS 980 -10 CITY 833 -14 HBL 250 -4.6 PHCL 350 0 SAHAS 455 -0.3 MANDU 875 -45 NICAD8182 1027 2 BBC 4155 -46 ADBL 369 -1.1 SBI 443 1 CMF1 10.58 0 PPCL 246.2 -1.8 MFIL 698 5.7 KPCL 473 1.1 SHLB 1853.5 -36.5 CBBL 951 3 PBD88 1096 -4 NMB 260 2 KBL 217 -2 NBLD85 1015 -0.1 RMF1 8.29 0.09 NABIL 565 -3 RMF2 8.65 -0.01 MEHL 372 -7 KRBL 592.9 -2 ANLB 4900 -370.4 EBLD85 1105 0 PSF 9.44 0.03 LLBS 1090 -8.5 MNBBLP 206 0 ULHC 382.6 -11.1 PRSF 9.31 -0.19 SCB 688 -2.4 NESDO 2166.1 -33.9
×
आजदेखि खुल्यो मेन्छियाम हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?



मेन्छियाम हाइड्रोपावर लिमिटेडले आज देखि पहिलो चरणको आईपीओ विक्री खुला गरेको छ ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. ५४ करोडको १० प्रतिशत शेयर अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर विक्री खुला गरेको हो।  कुल निष्कासित शेयरमध्य अति प्रभावित क्षेत्र संखुवासभाको साविक सिद्धकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर संखुवासभाका बासिन्दाहरूमा विक्री गरिनेछ ।

त्यस्तै कम्पनीले सर्वसाधारणको लागि निस्कासन गर्ने १० लाख ८५ हजार १६७ कित्ता शेयरको १० प्रतिशत शेयर  अर्थात १ लाख ८ हजार ५१७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विक्री गर्ने छ। यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । स्थानीयले आयोजना स्थल, मादी नगरपालिका–७ वागा, चैनपुर नगरपालिका–३, तीनखोप्रे रेडक्रस भवनका साथै एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलेलागि फागुन १० देखि २५ गतेसम्म आवेदन दिन सक्ने छन तर  स्थानीयको हकमा उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा चैत ९ गतेसम्मका लागि आईपीओ विक्री अवधि थप हुनेछ ।

यस कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीले संखुवासभाको सिद्धकालीमा ७.७ मेगाबाटको अपर पिलुवा १ र ४.७२ मेगावाटको अपर पिलुवा खोला २ स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस