SBLD89 1200 16.1 BARUN 379 -6.1 RBCL 17071 -109 ULHC 390 -7.9 NMBD87/88 1027 -3 NICA 452 -13 PBD85 1079.9 19.9 PROFL 655 7 MKJC 467.9 -1 MBJC 321 -8 DHPL 242 1 MKCL 1497 -26 EBL 605 5 ANLB 4453.1 47 PRSF 9.54 -0.11 KSY 9.22 -0.19 JBLB 1534 -3 NICLBSL 705.5 -7.5 NABIL 594 3 CMF2 9.21 -0.1 HIDCLP 183 -2 SRBLD83 1065 -10 NUBL 730 2.8 NHPC 220.1 0 PHCL 465.1 -9.9 CBBL 980 1 SAEF 11.22 0.17 CGH 909 -5 MHNL 265.5 -0.5 NADEP 1030 -55 SBLD84 1040 19.3 NICL 990.2 -4.8 KMCDB 1027.8 -11.1 JBBL 351 -3.1 MSLB 1564 -70 SPHL 666.9 16.9 NIBD84 1030 -20 HLBSL 1010 -10 NMB50 10.3 0.05 ADBL 367 -11.1
×
भोलि देखि आईपीओ निष्कासन गर्दै मेन्छियाम हाइड्रोपावर , कति दिने आवेदन ?



मेन्छियाम हाइड्रोपावर लिमिटेडले भोलिदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. ५४ करोडको १० प्रतिशत शेयर अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर विक्री गेर्ना लागेको हो।  कुल निष्कासित शेयरमध्य अति प्रभावित क्षेत्र संखुवासभाको साविक सिद्धकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर संखुवासभाका बासिन्दाहरूमा विक्री गरिनेछ ।

त्यस्तै कम्पनीले सर्वसाधारणको लागि निस्कासन गर्ने १० लाख ८५ हजार १६७ कित्ता शेयरको १० प्रतिशत शेयर  अर्थात १ लाख ८ हजार ५१७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विक्री गर्ने छ। यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । स्थानीयले आयोजना स्थल, मादी नगरपालिका–७ वागा, चैनपुर नगरपालिका–३, तीनखोप्रे रेडक्रस भवनका साथै एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलेलागि फागुन १० देखि २५ गतेसम्म आवेदन दिन सक्ने छन तर  स्थानीयको हकमा उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा चैत ९ गतेसम्मका लागि आईपीओ विक्री अवधि थप हुनेछ ।

यस कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीले संखुवासभाको सिद्धकालीमा ७.७ मेगाबाटको अपर पिलुवा १ र ४.७२ मेगावाटको अपर पिलुवा खोला २ स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस