×
अपि पावरले पायाे ४० प्रतिशत हकप्रद निष्कासन गर्न स्वीकृति



अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ।

कम्पनीले  हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न स्वीकृति पाएको हो। अब कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी हकप्रद सेयर निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनु पर्ने छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएमा कम्पनीले हकप्रद सेयर निष्काशनगर्ने छ।

माघ २ गते बसेको कम्पनीकाे  सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पूँजी तीन अर्ब चौरासी करोडमा गत आर्थिक वर्षको ७.५ प्रतिशत बोनस सेयर समेत समावेश गरी कायम हुने चुक्ता पूँजी चार अर्ब तेह करोड बत्तीस लाख रुपैयाको १ः०.४० को अनुपातमा १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद निष्कासन गर्ने निर्णय गरेकाे थियाे ।

 

Screenshot 2023 01 29 160653 अपि पावरले पायाे ४० प्रतिशत हकप्रद निष्कासन गर्न स्वीकृति

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस