×
Lagani
Lagani Shiksha gif
९ वटा हाइड्रोपावरको लाभांश पारित , कसको कति जान्नुहोस !



लाभांशको सिजन चलिरहदा हालसम्म ९ वटा हाइड्रोपावर कम्पनीले लाभांश पारित गरेका छन्।

दोस्रो बजारमा कारोबार भइरहेका ४३ जलविद्युत कम्पनीहरु मध्य ९ जलविद्युत कम्पनीहरुले मात्र हालसम्म गत वर्षको नाफाबाट लाभांश पारित गरेका छन्। अरुणभ्याली हाइड्रोपावर, अपि पावर , अरुण काबेली पावर, ङादी ग्रुप पावर, रूरू जलविद्युत् परियोजना, सिनर्जी पावर, रिडी हाइड्रोपावर  , रैराङ हाइड्रोपावर र सानिमामाई हाइड्रोपावरले गत वर्षको मुनाफाबाट प्रस्तावित लाभांश वार्षिक साधारण सभा सम्पन्न गरी पारित गरिसकेका छन्।

Lagani Shiksha gif
sharehubapk ९ वटा हाइड्रोपावरको लाभांश पारित , कसको कति जान्नुहोस !

अरुण काबेली पावरले यसवर्ष कुल १७ दशमलव ८९ प्रतिशत लाभांश दिएको छ । कम्पनीले गत भदौ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।अरुण काबेली पावरले पनि १७ प्रतिशत बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सोही सभाबाट पारित गरेको छ ।

ङादी ग्रुप पावरले यस वर्ष २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश असोज ३ गते नै वार्षिक साधारण सभा सम्पन्न गरी पारित गरेको छ । साथै सभाबाट १ बराबर २ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले पारित गरेको छ । अपि पावरले भने यो वर्ष १० दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश दिएको छ ।

रिडी र रैराङ हाइड्रोपावरले भने एउटै अनुपातमा १२ दशमलव ६ प्रतिशत कर समेत नगद लाभांश दिएका छन् भने सानिमामाई हाइड्रोपावर, रूरू जलविद्युत् परियोजना , अरुणभ्याली हाइड्रोपावर  र सिजर्नी पावरले  १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश पारित गरेका छन् ।

अपि पावरले १:०.३९३६ को अनुपातमा , सिनर्जी पावरले २:१ को अनुपातमा,  र अरुणभ्यालीले १:०.५० को अनुपातमा हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् ।

hydropower divided ९ वटा हाइड्रोपावरको लाभांश पारित , कसको कति जान्नुहोस !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस