६२ करोड ५० लाख बराबरको आईपीओ निष्काशन गर्दै ग्रीन भेन्चर

ग्रीन भेन्चर हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार आइपीओ निष्काशन गर्ने भएको हो ।आईपीओ निष्काशनका लागि कम्पनीले २०७८ फागुन २८ गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापीटल रहेको छ ।

आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् ।रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२.४ मेगावाटको लिखु-४ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ।

कम्पनीका प्रबन्धक बद्री रिजालका अनुसार हालसम्म आयोजनाको निमार्ण कार्य ७५ प्रतिशत बढी सम्पन्न भइसकेको छ। आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।