×
९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रोपावर



सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्नको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर जारी गर्नको अनुमति माग्दै आवेदन पनि दिइसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा सयपत्री हाइड्रोपावरका अध्यक्ष बद्रि केसी र एनआईबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् । हाल उक्त कम्पनीको अधिकृत पुँजी ५० करोड र जारी पुँजी ३० करोड रहेको होइड्रोपावरले जनाएको छ।

14040000 1562196844089108 111442330501410910 n ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रोपावर

आयोजनाको तस्बिर

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । जसमध्ये, पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बाग्लुङका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने तीन लाख कित्ता सेयर निष्कासन गर्ने कम्पनीको योजना छ । त्यसपश्चात कम्पनीले २० प्रतिशतले हुन आउने छ लाख कित्ता सेयर सर्वसधारणका लागि निष्कासन गर्नेछ ।

कम्पनीले बाग्लुङमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ ।आयोजनास्थल बागलुङ बजारदेखि घुसमेली गाउँसम्म करिब ३५ किलोमिटर (२० किलोमिटर ग्राभल र १५ किलोमिटर माटोको सडक स्तरोन्नति हुने) रहेको छ ।  आयोजनाको वेयर साइट हिला र अर्गल गाविसमा र पावर हाउस अर्गल गाविसमा अवस्थित छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस