MNBBL 395.8 -0.8 GCIL 498 -5.8 SICL 832 0 OHL 925 -9 SGIC 641.2 -4.8 SCB 691.1 3.6 MLBBL 1635 15 CMF1 10.5 -0.2 GFCL 1051.1 6 NIBLGF 9.1 0.38 UNLB 2527 -3.9 RBCLPO 12300 88 MKCL 1497 -26 NESDO 2229 -18 NHPC 220.1 0 SBL 345 -8.1 ILBS 980 -21.5 MSHL 938 3 RSDC 735 0 MFLD85 1050 -20 RMF2 9.21 -0.13 MANDU 885 -14 GUFL 735 5 FOWAD 1479 0 KPCL 493 -0.8 TAMOR 482.9 -2.1 NBLD85 1025 0 MMKJL 543.6 9.6 MEL 292 2 NRM 426.1 -4.9 NUBL 730 2.8 GBIME 256.1 -4.4 SONA 473.2 -7.8 UMRH 475 -1.9 MLBS 1532.3 -86.7 USHEC 523 -7 KMCDB 1027.8 -11.1 MEN 631.1 -3.9 RHPL 364 -5.2 SMPDA 910 -1
×
पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी कटौती गर्न निर्देशन दिएका हुन् ।  अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा पनि नेपाल आयल निगमले उपभोक्तालाई चर्को मूल्यमै पेट्रोलियम पदार्थ बेचिरहेको छ । यही कारण निगमले १ पुसदेखि १५ पुससम्ममा एक अर्ब ३२ करोड ८९ लाख नाफा कमाएको उल्लेख गरेको छ ।

१६ देखि ३० पुससम्म थप ९९ करोड १२ लाख नाफा हुने निगमको अनुमान छ । तर, पुरानो ऋण घटाउन भन्दै निगमले अहिले पनि उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोल प्रतिलिटर १४.६६ र मट्टीतेल प्रतिलिटर ४३.७९ रुपैयाँ महँगो बेच्दै छ ।

भारतबाट ८५.३५ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण प्रशासनिक खर्च जोड्दा एक सय ६३.३४ रुपैयाँ पर्छ । तर, निगमले एक सय ७८ रुपैयाँमा बिक्री गर्छ । यस्तै, प्रतिलिटर एक सय ६७.८२ रुपैयाँ लागत पर्ने डिजेल एक सय ७५ रुपैयाँमा बिक्री गरिरहेको छ । भारतबाट डिजल प्रतिलिटर एक सय १० रुपैयाँमा खरिद गर्छ । भारतबाट १०३.९४ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको मट्टीतेलमा सम्पूर्ण लागत एक सय ३१.२१ रुपैयाँ पर्छ । तर, उपभोक्ताले एक सय ७५ रुपैयाँ लिटर खरिद गरिरहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहीबार उद्योग सचिवलाई निर्देशन दिदै प्रधानमन्त्री प्रचण्डले आमजनतालाई राहत अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाईइन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस