PBD84 1065 1.7 NUBL 730 2.8 SFEF 9.29 0.22 PROFL 655 7 NBLD87 1020 -8 MLBS 1532.3 -86.7 NIMB 241.9 -9.1 PMHPL 260 -4 AHL 651 2 ACLBSL 1035 0 NBLD85 1025 0 TPC 465 6 MANDU 885 -14 GHL 218.5 -1.1 HLBSL 1010 -10 SDBD87 1035 4 SSHL 215 0.8 WNLB 2650 -80 SBLD89 1200 16.1 NSIF2 10.52 0.02 SJCL 326 -3.7 PHCL 465.1 -9.9 GIBF1 9.69 0.1 SGHC 393.6 0.1 H8020 10.2 -0.05 NRM 426.1 -4.9 DDBL 916.2 3.1 RNLI 495.5 1.5 SLBBL 958.9 -4.2 ENL 1102 -18 CHDC 1684 -35.9 PBD85 1079.9 19.9 CHL 353 0.4 BGWT 934.9 -21.1 SRLI 443.1 -4.9 PPCL 262 -5.2 BPCL 449 -7 NIMBPO 176.9 -1.1 BFC 625 9.1 MLBSL 2000 -26
×
राहदानी विभागमा मंगलबारदेखि राहदानी वितरण बन्द !



राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ ।

सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।  सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो ।

सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्काे सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।

पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आई राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण  कार्य अवरुद्ध हुन गएको छ । विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने व्यहोरा सबैमा अनुरोध छ,’ प्रवक्ता सापकोटाले जारी गररेको विज्ञप्तिमा भनिएको छ, ‘आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मको लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ । ’

नियमित रूपमा राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले भनेको छ ।

कोरोनाभाइरस महामारीपछि राहदानी लिनेको भिड बढेको बताउँदै आएको विभागले सेवा प्रवाह अनिश्चितकालका लागि बन्द गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरुस्त सेवा दिने निर्णय गरेको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेर सेवाग्राही र विभागको अवस्थाबारे जानकारी लिएका थिए ।

तर, विभागले भने सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण कार्य नै अनिश्चितकालका लागि बन्द गरेको हो । सेवाग्राही सेवा लिन रातिदेखि नै विभागमा लाइनमा बस्ने गरेका छन् । यसरी रातभर लाइन बसेर पालाे नआउने तथा काम नहुने गरेकाे गुनासाेका बीच सेवा प्रवाह नै बन्द गरिएकाे हाे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस