×
बाराही हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?



बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।

सोमबार कम्पनीको २५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । सूचीकृत भएसंगै नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ६४ दशमलव ९७ देखि १९४ दशमलव ९१ ओपनिङ्ग रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको ३ गुणा सम्म ओपनिङ्ग रेञ्ज तोक्ने गर्छ।

कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा भोलि देखि कारोबार गर्न सकिनेछ ।कारोबारको लागि नेप्सेले कम्पनीलाई BHPL कारोबार संकेत प्रदान गरेको छ।  सोहि कारोबार संकेत लिएर भोलि देखि कम्पनीको शेयर दोश्रो बजारमा कारोबार हुने छ।

कम्पनीले  स्थानीय बासिन्दाको लागि निष्कासन गरेको १ लाख ४६ हजार, सर्वसाधारणको लागि निष्कासन गरेको ५ लाख ५४ हजार र संस्थापकहरूले लगानी गरेको  १८ लाख कित्ता गरि कुल २५ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

साथै कम्पनीले आरटीएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने जानकारी गराएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस