NHDL 570 0 SBCF 9 -0.2 NICGF 10.56 -0.28 WNLB 2650 -80 NABBC 631 -12 NIBD84 1030 -20 BHL 440 -13 KDBY 9.21 -0.23 RURU 740 -9.8 MPFL 751 5 SIGS3 9.45 0.09 VLUCL 588 -1.9 ACLBSL 1035 0 NRN 905 -8 KEF 9 0.28 ULHC 390 -7.9 MEHL 380.1 -19.9 BPCL 449 -7 SBLD89 1200 16.1 RNLI 495.5 1.5 MBLD2085 1085 6.5 PSF 9.51 -0.09 MBL 255 -4 LUK 9.21 -0.09 NIBLSTF 8.68 0 NICLBSL 705.5 -7.5 MLBBL 1635 15 SCBD 1111 6 NBF2 9.15 -0.05 NICSF 9.5 0.25 EBLD85 1105 5 BOKD86 1040 18 GLBSL 1600.4 -29.6 SNLI 585.1 -0.9 GHL 218.5 -1.1 SHLB 1886.9 1.9 FOWAD 1479 0 NGPL 472 -2.9 BNHC 466.9 0.7 MSLB 1564 -70
×
शेयर बजार भनेको के हो र कसरि लगानी गर्ने ? ( शेयर बजारबारे सम्पूर्ण जानकारी )



शेयर बजारको परिभाषा। शेयर बजार, इक्विटी बजार, वा सेयर मार्केट भनेको खरिदकर्ता र स्टकका बिक्रेताहरूको एकत्रीकरण हो (जसलाई सेयर पनि भनिन्छ), जसले व्यवसायमा स्वामित्व दावी प्रस्तुत गर्दछ; यसमा सार्वजनिक स्टक एक्सचेन्जमा सूचीबद्ध सेकुरिटीहरू, साथै निजी ब्यापार गरिएको स्टक समावेश हुन सक्छ, जस्तै निजी कम्पनीहरूको सेयरहरू जसलाई इक्विटी क्राउडफन्डि प्लेटफर्म मार्फत लगानीकर्तालाई बेच्ने गर्छन । शेयर बजारमा लगानी प्राय जसो स्टक ब्रोकरेजहरू र इलेक्ट्रोनिक ट्रेडिंग प्लेटफर्महरू मार्फत गरिन्छ। लगानी सामान्यतया दिमागमा लगानी रणनीति बनाएर गरिन्छ।

स्टकहरू देश द्वारा वर्गीकृत गर्न सकिन्छ जहाँ कम्पनी अधिवासित छ। एक स्टक एक्सचेन्ज एक विनिमय हो जहाँ शेयर ब्रोकर र व्यापारीहरूले शेयर , बन्ड, र अन्य सेकुरिटीहरू किन्न र बेच्न सक्दछन्। केही ठूला कम्पनीहरूको अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आकर्षित गर्न विभिन्न देशहरूमा एक भन्दा बढी एक्सचेन्जमा तिनीहरूको शेयर सूचीबद्ध हुनेछ।स्टक एक्सचेन्जको उद्देश्य भनेको खरिदकर्ता र विक्रेता बीचको सेकुरिटीको आदानप्रदानलाई सहजीकरण गर्नु हो, यसैले बजार उपलब्ध गराउनु हो। एक्सचेन्जले सूचीबद्ध सेकुरिटीमा वास्तविक समयको ट्रेडिंगको जानकारी प्रदान गर्दछ।

स्टक बजारमा ट्रेड भनेको एक विक्रेताबाट खरीदकर्ता सम्म शेयर पैसाको साटोमा हस्तान्तरण गर्नु हो ।  यसको लागि यी दुई पक्षहरूलाई मूल्यमा सहमति गर्न आवश्यक छ। शेयर बजारमा भाग लिने साना व्यक्तिगत शेयर लगानीकर्तादेखि ठूला लगानीकर्ताहरू, जो विश्वको कुनै पनि ठाउँमा आधारित हुन सक्दछन्, र बैंकहरू, बीमा कम्पनीहरू, पेन्सन कोष र हेज कोषहरू समावेश गर्न सक्दछन्।

नेप्से को परिचय

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) नेपालको मात्र स्टक एक्सचेन्ज हो। यो सिंहदरबार प्लाजा, काठमाडौं, नेपालमा अवस्थित छ। नेप्सेको आधारभूत उद्देश्य भनेको ब्रोकर, बजार निर्माताहरू जस्ता सदस्य मार्फत ट्रेडिंग फ्लोरमा लेनदेनको सुविधा प्रदान गरी सरकार र कर्पोरेट धितोहरूको निःशुल्क बजार र तरलता प्रदान गर्नु हो।

नेप्सेले १९९४ मा आफ्नो ट्रेडिंग फ्लोर सुरु गरेको थियो। हाल नेप्सेमा वाणिज्य बैंक, हाइड्रो पावर कम्पनी, बीमा कम्पनीहरु र वित्त कम्पनीहरु लगायत अरुहरु छन्।नेप्सेमा दोस्रो बजारमा कारोबार गर्नको लागि हाल ५० ब्रोकर कम्पनि छन्। अहिले सम्म नेप्सेमा सूचीबद्ध ३७४ कम्पनीहरू छन् ति मध्य कुनै कम्पनीको कारोबार भइ रहेको छैन( स्रोत : Wikipedia )। यो नेपाल धितो बोर्डले संचालन गरेको छ। NEPSE को वर्तमान पुजी ५० करोड छ।जसममा नेपाल सरकारको ५८.६६ प्रतिसत , नेपाल राष्ट्र बैंकको १४.६० प्रतिसत, कर्मचारी भविष्य कोषको १० प्रतिसत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिसत, लक्ष्मी बैंकको ५ प्रतिसत, प्रभु बैंकको ५ प्रतिसत,अरु ०.६० प्रतिसत मालिक स्वामित्व रहेको छ।

शेयर बजारको प्रकार

प्राथमिक शेयर बजार

यदि कुनै कम्पनीले पहिलो पटक सेयर बेचेको छ भने यसलाई इनिशिअल पब्लिक अफरिंग वा आईपीओ भनिन्छ, त्यसपछि कम्पनी सार्वजनिक हुन्छ। आईपीओको लागि जाँदा, कम्पनीले यसको बारेमा विवरणहरू प्रदान गर्नुपर्नेछ त्यो नै प्राथमिक शेयर बजार हो ।

एक कम्पनी रकम जुटाउन प्राथमिक बजार प्रवेश गर्दछ। यो प्राथमिक बजारमा छ शुरुको चरणमा कम्पनी सार्वजनिक साझा जारी गर्न र पैसा उठाउन दर्ता हुन्छन। कम्पनीहरू सामान्य स्टक एक्सचेन्जमा प्राथमिक बजार मार्गमार्फत सूचीबद्ध हुन्छन्।

माध्यमिक सेयर बजार

माध्यमिक बजारले लगानीकर्तालाई यसका सबै सेयरहरू बेच्न र वित्तीय बजारबाट बाहिर निस्कनको लागि अवसर प्रदान गर्दछ। दोस्रो बजारमा लगानीकर्ताहरूले पहिले नै सूचीबद्ध धितोहरू तिनीहरूलाई खरीद गरेर बेचेर ट्रेड गर्दछन्। दोस्रो मार्केट एक लेनदेनको पक्रीय हो जहाँ एक लगानीकर्ताले अर्कोबाट प्रचलित मूल्यमा सेयर खरीद गर्दछ। सामान्यतया, यी लेनदेन दलाल मार्फत गरिन्छ।

शेयरको प्रकार

आइ पि यो / एफ पि ओ

प्राथमिक सार्वजनिक निस्कासन(आइपियो ) भनेको कुनै पनि कम्पनीले आफ्नो स्टकको बिक्री पहिलो पटक सर्बसाधारणलाइ बिक्रि गर्नु हो। यो निएम र मापदण्ड पुरा भएको कम्पनीले नियामक निकायको अनुमति पाएपछि सार्बजनिक निस्कासन तथा बिक्रि गर्न सक्छन। यस्तो शेयरमा लगानी गर्दा जोखिम कम हुन्छ तर लगानी डुब्ने जोखिम नहुने भने हैन। एफ पी ओ भनेको दोस्रो पटक कुनै कम्पनीले कम्पनीको पुजी जुटाउन सर्बसाधारणमा शेयर बिक्रि गर्नुलाई बुझिन्छ ।

हकप्रद / बोनस शेयर

नेप्सेका अनुसार कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी विद्यमान सेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर (स्टक डिभिडेन्ड) भनिन्छ भने विद्यमान सेयरधनीहरुको खरिद गर्ने पहिलो हक हुने गरी उनीहरुलाई समानुपातिक रुपमा सेयर बिक्री गर्न जारी गरिने थप सेयरलाई हकप्रद सेयर (राइट सेयर) भनिन्छ ।बोनस सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्दैन । साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर प्राप्त गर्नेले सरकारलाई कर तिर्नुपर्छ ।हकप्रद सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्छ । साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर र हकप्रद सेयर बाँडी सकेपछि कम्पनीको बजार सेयर मूल्यमा समायोजन गरिने भएकाले मूल्य घट्न सक्छ ।

लाभांश

कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना लगानीकर्ता लाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ ।

शेयर किनबेच कसरि गर्ने त ?
आफ्नो बैंकमा गएर तपाईले डिम्याट खाता खोले पछि सीआरएन (CRN) नम्बर लिनु पर्छ । त्यस पछि मेरो शेयरको खाता खोल्नु पर्ने हुन्छ ( यो अनिबार्य छैन ) . मेरो शेयरबाट आईपीओमा आवेदन दिन एकदमै सजिलो छ।

तपाइले शेयर भर्दा जति पनि भर्न सक्नु हुन्छ। तपाइलाइ शेयर परेन भने तपाइको पैसा फिर्ता आउछ। मागे भन्दा कम पर्यो भने परेको पैसा काटिन्छ र बाकि फिर्ता हुन्छ।

पहिलो पल्ट आईपीओ भर्दै हुनुहुन्छ भने तपाइलाइ डिम्याट खाता बनाउनु पर्ने हुन्छ। डिम्याट खाता भनेको तपाईको सेयर राख्ने खाता हो। डिम्याट खाता खोलीसकेपछि आफ्नो बैंक खाता भएको ठाउँमा गएर सीआरएन नम्बर (CRN number) लिनु पर्छ ।

कहाँ खोल्ने डिम्याट खाता ?

डिम्याट खाता तपाईले बैंक वा ब्रोकरबाट खोल्न सक्नु र त्यही ठाउँबाट मेरो सेयरको युजरनेम र पासवड पनि लिन मिल्छ ।तपाइले फारम भरे पछि मेरो शेयरको युजरनेम र पासवड तपाइको मेलामा आउछ। तपाईं सँग मेरोसेयरभयो भने तपाईले घरमै बसेर जुनसुकै ठाउँबाट आईपीओको लागि आवेदन दिन सक्नुहुन्छ।

मेरो सेयर लिनु भएन भने आईपीओको लागि आवेदन दिन बैंक खाता भएको शाखामा गएर फर्म भरेर, लाईन बसेर आईपीओमा आवेदन दिनु पर्छ ।माथिको सबै प्रकृया पुरा भएपछी तपाईंले आईपीओमा आवेदन दिन सक्नु हुन्छ ।

तपाईलाई सेयर परे पछी परे जती रकम तपाईको बैंक खाताबाट कट्छ र तपाईलाई त्यो रकम बराबरको सेयर तपाईको डिम्याट खातामा आउछ।

शेयर कसरि बेच्ने त ?

आफ्नो नजिक भएको ब्रोकर कम्पनीमा गएर केवाइसी भरे पछि टिएमएसको युजरनेम र पासवर्ड मेलामा आउने छ। मेलामा आएको यूआरएल खोलेर लागिन गरि ‘फरगेट र पासवर्ड’मा क्लिक गर्नुहोला र आफ्नो युजरनेम र इमेल हाल्नुहोला । त्यसपछि इमेलमा पासवर्ड परिवर्तन गर्ने लिंक आउने छ । इमेलमा आएको लिंकमा क्लिक गरि पासवर्ड परिवर्तन गर्न सक्नुहुने छ ।

ट्रेडिङ यूआरएलमा गई आफ्नो यूजरनेम र पासवर्ड प्रयोग गरी टिएमएसमा लगिन गर्नु पर्ने हुन्छ । लागिन गर्दा तल देखाउने कोड जस्ताको त्यस्तै ताइप गर्नु पर्ने हुन्छ।

आफ्नो शेयर बेच्नको लागि अर्डर म्यानेजमेन्टमा गई नर्मल अर्डरमा क्लिक गरि ‘सेल’ छान्नुहोला । त्यसपछि बेच्न छाएको कम्पनि र कतिमा बेच्ने हो मुल्य निर्धारण गर्नु होला। त्यहा रहेको हाइ र लो पोइन्ट बिचको मूल्य छान्नु पर्ने हुन्छ। त्यस पछि ‘प्लेस अर्डर’ क्लिक गर्नुहोला ।

यदि तपाइको शेयर कसैले खरिद गरेमा सोको तल कम्प्लित भनेर देखाउछ। नत्र ओपन या क्लोज हुने छ। बीचमा अर्डर परिवर्तन वा रद्द गर्न अर्डर म्यानेजमेन्टमा गई अर्डर बुकमा जानुहोस् र ओपन अर्डरमा क्लिक गर्नुहोला । मोडिफाइमा क्लिक गरि परिबर्तन वा रद्द गर्न सक्नु हुने छ। बिक्रि भएको शेयर तपाइले मेरो शेयर मा गेर माइ इडिसमा गएर ट्रान्सफर गर्नु पर्ने हुन्छ नत्र तपाइलि जरीवान तिर्न पर्ने हुन्छ ।  सो भन्दा पहिले नै my purchase source मा गैर wacc calculate गरेको हुनु पर्ने छ।

शेयर बजारको बारेमा धेरै कुरा जान्नु पर्ने हुन्छ। यो थोरै कुराले पनि तपाइलाइ सहयोग गर्ने छ। आफुले केहि नजाने र केहि बुज्न परे हाम्रो फेसबुक पेजमा सम्पर्क गर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस