×
सामलिङ्गको आईपीओ आज बाँडफाँट हुदै , यसरि हेर्नुहोस नतिजा।



सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आज  बाडफाटँ हुदै  छ।

बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले  शुक्रबारनै प्रि अलोटमेण्ट सम्पन्न भएको हुनाले आज बाँडफाँट गरिने जनाएको छ।उक्त कम्पनीको आईपीओमा २ करोड ६९ लाख  ३३  हजार ५ सय  कित्ताको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाइ निष्कासन गरेको भन्दा ३९ दसमलव ६७  गुणा बढी हो।

उक्त आईपीओमा २२  लाख ६५  हजार ५  सय ९८  जना लगानीकर्ताले  २ करोड ६९ लाख  ३३  हजार ५ सय कित्ताको लागि आवेदन दिएका हुन्। माग भन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथाबाट बाडफाटँ  हुने छ।  यसरि बाडफाटँ  गर्दा ६७ हजार ८ सय लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पर्ने छन् भने बाकि २१ लाख लगानीकर्ताको हात खालि रहने  देखिन्छ यद्यपि यो अन्तिम तथ्याङ्क भने होइन।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला।   २) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।                  ३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला।         ४) आफ्नो दिम्याट  नम्बर हानि कम्पनि छान्नुहोला।                ५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

Screenshot 2021 10 25 183344 सामलिङ्गको आईपीओ आज बाँडफाँट हुदै , यसरि हेर्नुहोस नतिजा।

कुल आईपीओ मध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणको लागि छुट्याइएको छ ।

न्यूनतम १० कित्ता तथा अधिकतममा २० हजार कित्ताका लागि आवेदन  दिन सकिने ब्यबस्था थियो भने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।  यस कम्पनीकोआईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

नतिजा यहाँ बाट पनि हेर्न सक्नु हुने छ।  

१) नेप्से बजारको एप

) मेरो शेयरको साइट

३) बिक्रि प्रबन्धकको साइट 

४) सामलिङ्ग पावर कम्पनी लिमिटेडको साइट

५) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस