KBSH 1545 -158 GLH 218.7 -0.6 SLCF 8.03 -0.03 CORBL 507.5 -5.5 MANDU 1019.2 -5.8 GRDBL 420.2 -17.8 KBL 137.8 -0.2 GMFBS 1315 -24.9 NHPC 144.8 -2.4 NBF2 8.26 0.15 SEF 8.14 -0.06 MFIL 520 0 GFCL 549 28.4 SRLI 430.5 -2.6 BPCL 292.8 -0.2 PRVU 141.9 -0.7 CMF1 8.92 -0.08 BHPL 724 45 MBJC 297.1 -4 SANIMA 250 -1 SARBTM 784 -5 UMHL 240 -1.7 BNHC 671.1 11.1 SBLD2082 1095 15 SDBD87 1000 18 NICLBSL 645 -4.9 SFMF 10 0 RFPL 369 1 CMF2 8.35 0 SDLBSL 1237 33 NSIF2 9.71 0.01 NGPL 309 -6 JOSHI 294.6 -5.5 NRN 658 23 LUK 8.41 -0.1 JALPA 1365 -15 NICSF 8.99 -0.09 EBLD85 1076.5 21.4 NICAD8283 1130 5 UNLB 2000 -45
×
बाराही हाइड्रोपावरमा आईपीओ भर्ने आज अन्तिम दिन



बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ ।

मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।  कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ ।

बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ  । त्यसपछि बाँकी रहनेमध्ये २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस