×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै भिजन इनर्जी , विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल।



भिजन इनर्जी एन्ड पावर लिमिटेडले ६५ करोड रुपैयाँ राबरको आईपीओ जारी गर्ने भएको छ।

लिमिटेडले प्रवर्द्धन गरेको ५७ दशमलव ५ मेगावाट जडित क्षमताको ‘नुप्चे लिखु जलविद्युत आयोजनाको लागि आईपीओ जारी  गर्न लागेको हो। आईपीओ जारी  गर्नको लागि कम्पनीले शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत शेयर अर्थात् ३२ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र जारी पूँजीको अधिकतम १० प्रतिशत शेयर अर्थात् ३२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने छ ।

हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गाउँपालिका १ मा ५७ दशमलव ५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस