EBLD86 1040 -2 HATHY 1322 13 CMF1 10.5 -0.2 SCBD 1111 6 DDBL 916.2 3.1 HURJA 220 -4.6 SFEF 9.29 0.22 MBLD2085 1085 6.5 NRIC 803 -5 BEDC 470 0 JBLB 1534 -3 ICFC 823.9 74.9 NLG 1317 2 SJCL 326 -3.7 SMH 1064.8 5.9 SBID83 1098 8.7 SHL 512 -4.5 SMB 1809 4 MATRI 1405 -8 SPC 520 5 TVCL 461 1 RLFL 625 6.9 JFL 655 6 FMDBL 758 -0.1 HHL 439 -3.2 SPDL 310 5 GCIL 498 -5.8 MANDU 885 -14 RNLI 495.5 1.5 NBBD2085 1100 0 MEHL 380.1 -19.9 PRVU 248 -10 NHPC 220.1 0 SBD87 1048 11.9 PFL 652 -1 SAMAJ 3321.1 1.1 MKHL 493 -6 UPPER 214.2 -1.8 SIKLES 707 -3 RADHI 397.9 7.9
×
जबरा आउन सक्ने भन्दै सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा



निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमलाई ‘प्रभाव’ मा पारी जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव ‘निष्क्रिय’ भएको पत्र लिएपछि उनले आफू सर्वोच्च फर्किन लागेको बुधबार जानकारी दिएका थिए । जसकारण सर्वोच्च परिसरमा तनावको स्थिति उत्पन्न भएको छ ।

बुधबार दिनभरजसो सर्वोच्च परिसरमा कानुन व्यवसायी आन्दोलित बनेका थिए । नेपाल बार एसोसियसनले विरोध जनाएको छ । संघीय संसद् सचिवालयको पत्रबारे सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । शुक्रबार रिटमा सुनुवाइ हुँदैछ । सोही कारण सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सर्वोच्चभित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । सर्वोच्चभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । आगन्तकुहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ । नेपाल बारको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस