SAHAS 523 -5.1 CORBL 510.3 -19.7 SABSL 1040 -60 UMRH 425.9 10.7 PPL 458 -12 SFEF 8.22 0.18 VLBS 1045 -9 CMF2 8.58 0.16 GCIL 482 -7 PFL 594 -5 SFMF 10.1 -0.2 MEN 611 -5.3 HIDCLP 99 -0.1 AKPL 166 -1 SCB 563 1 GWFD83 1230 -5 LLBS 1170 -34 PSF 9.28 0.27 KLBSL 980 -40 MEHL 350 -5 JBLB 1331 -12 NTC 829 -3.9 GBBL 362 -3.1 SNLI 473 -2 KKHC 238 5.8 ULHC 390 -11 SKBBL 813.1 -11.9 SMHL 654 13 SBCF 8.19 0.16 MLBS 1330 -25.3 UHEWA 480 -11 GHL 153.6 1.9 JFL 546 6 CHL 325 2 GFCL 519.4 -6.3 NICD88 980 9 FOWAD 1265 -25 AVYAN 941 -33 RBBD83 982 2 NIBLSTF 8.25 -0.29
×
पर्सिएको बोकाले पायो पुनर्जीवन



र्सिएको बोकोजस्तो निरीह अवस्था कसैको हुँदैन ।

कुश र पानी टाउको र शरीरमा छर्किएपछि त्यसले जिउ हल्लाउँदा बोकाले मानेको मानिन्छ । त्यो मान्नु भनेको बोकाले ‘काटिन तयार छु भनी मुन्टो हल्लाएको हो’ भनी मानिसले सन्देश लिन्छन् तर त्यो पशुले शरीर हल्लाएको चाहिँ शरीरमा परेको पानी हल्लाएको हो ।

मङ्सिर र वैशाख पूर्णिमामा विभिन्न जाति र थरका कुल पूजामा त्यसरी कैयौँ बोकाले मानेका नाममा तिनीहरूलाई काटिएको छ तर एक वर्षदेखि पटक–पटक पर्सिएर बलि दिन ठिक्क पारिएको एउटा बोकाले भने बिहीबार मङ्सिर पूर्णिमा (धान्य पूर्णिमा)कै दिन पुनर्जीवन पाएको छ ।

यसअघि दुई पटक पर्सिन ठिक्क बनाइएको र तेस्रो पटक बलि दिन पर्सिइएको बोकाले पुनर्जीवन पाएको हो । त्यति मात्र होइन बोकाले अ बन्धनमा नरही स्वतन्त्र जीवन पाएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं २ कुशादेवीका आचार्य परिवारले कुलायन पूजामा बलि दिनलाई पर्सिएर ठिक्क पारेको बोकालाईजीवनदान दिएका हुन् ।

अघिल्लो दिनदेखि नै पूजा गरेर बलि दिन ठिक्क पारेको बोकोलाई बलि नदिने निर्णय भएसँगै पूजा गरेर घाँटीमा घन्ट झुन्डाएर स्वतन्त्र बनाएको स्थानीय रामप्रसाद आचार्यले बताए ।

आफूसँगै १४५ घरधुरीका मूलीले बलि नदिने भनेपछि पुजारीसँग परामर्श गरेर बलि नदिने निर्णय भएको उनले बताए । उनले एक वर्षअघि १६ हजार रुपियाँमा खरिद गरेर ल्याएको बोको सुतक परेपछि बलि दिन रोकिएको थियो । सो बोकाको हालको बजारमूल्य २० हजार रुपैयाँभन्दा बढी छ ।

अघिल्लो मङ्सिरमा रोकिएको कुलायन पूजा जेठमा सरेको थियो । जेठमा बलि दिने तयारी भइरहेको समयमा आचार्य परिवारमै जुठो परेपछि बलि दिन रोकिएको थियो ।

दोस्रो पटक आफूलाई जोगाएको बोकाले तेस्रो पटकमा आचार्य परिवारले कुलायन पूजामा बोकाको बलि नदिने निर्णयगरेसँगै मुक्ति पाएको हो । आफ्नो कुलायनलाई चढाएको बोकालाई मुक्ति दिने निर्णयसँगै बोकाको घाटीमा घन्टी बाँधेर छाडिएको आजको गोरखापत्र दैनिकबाट

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
राजन
Guest
राजन
January 6, 2023 9:43 pm

आयु भए वायुको केहि लाग्दैनभनेको यही होला………….



ताजा समाचार

लोकप्रिय
सिफारिस