×
Lagani
Lagani Shiksha gif
यस्तो रहेछ बिहे भोज खाएका १५० भन्दा बढी बिरामी पर्नुको कारण !



पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानीकारक कोलिफर्म भेटिएको छ ।

ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।

Lagani Shiksha gif
sharehubapk यस्तो रहेछ बिहे भोज खाएका १५० भन्दा बढी बिरामी पर्नुको कारण !

बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताए । ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षणमा कोलिफर्म भेटिएको उनले बताए ।

गत शनिबार घोरबन्दाका स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका एक सय ८० जना विरामी भएका थिए । चिर्तुङ्गधाराका एक सय ३५ र प्यूठानबाट जन्ती आएका ४५ जना बिरामी भएको बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस