UAIL 575.6 -10.4 ENL 1001 -17 BFC 454 7 SJCL 271.8 2.9 ACLBSL 1022 -8 NICSF 9.3 0 IGI 532 -7 KDL 1204 4 HURJA 292 4.9 NICD83/84 1060.8 20.8 C30MF 8.58 0.03 NICA 415.1 -2.9 ALICL 574.9 -3.9 RSDC 681.4 -8.6 BHDC 578.2 -11.7 SEF 8.1 -0.07 CYCL 1550 -10 SLBBL 844.5 5.5 NMBMF 740 -5 GVL 562.2 -7.8 JBBD87 982.1 3 GCIL 489 -7.3 NTC 832.9 -3.1 NICLBSL 664.1 -13.8 MLBS 1355.3 -6.7 KEF 8.34 0.02 SLCF 8.07 0.04 LUK 8.68 -0.13 MMF1 7.45 0.01 PFL 599 7 JOSHI 306.8 -3 SHPC 325.5 -4.5 USHEC 460 10 MEL 230.6 2.6 SMHL 640 13 VLBS 1057 -41 NBF3 7.55 0 CHCL 441 1 SPIL 804 9 SMJC 409 8
×
स्कटल्याण्डसँग नेपालको लज्जास्पद हार , पुरै सिरिजमा खराब प्रदर्शन !



विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नामिबिया पुगेको नेपाली टिम जितविहीन बनेको छ ।

बिहीबार भएको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्यान्डसँग ८ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो । नेपाल र नामिबियाबीचको पहिलो खेल नजिताविहीन भएको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियासँग ८६ रनको पराजित भएसँगै जितविहीन बनेको छ ।

बिहीबार स्कटल्यान्डसँग टस जितेर ब्याटिङ रोजेको नेपालले ३५.३ ओभरमा अल आउट हुँदै उक सय १९ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको स्कटल्यान्डले १७ ओभरमा मात्र दुई विकेट गुमाएर एक सय २१ रनसहित लक्ष्य पूरा गर्‍यो ।

नामिबियाका लागि विकेटकिपर-ब्याटर जर्ज मुन्से ४५ रन बनाएर पेभेलियन फर्किँदा क्रिस्टोफर म्याकब्राइडले अविजित ४६ रन जोडे। नेपालका लागि गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

पहिलो इनिङमा नेपालका लागि कप्तान रोहित पौडेले ४७ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस