×
आज भ्रष्टाचार विरुद्धकाे अन्तर्राष्ट्रिय दिवस मनाइदै



आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष ९ डिसेम्बरका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।  नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । महासन्धिअनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण आयाेग गठन गरेको हो । भ्रष्टाचारविरुद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अङ्गिकार गरिएको छ ।

नेपालमा कुनै पनि संस्था वा राज्यका विभिन्न पदमा रहेका व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गरेमा उनीहरूलाई कारबाही गर्न संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।

भ्रष्टाचार दिनदिनै बढिरहेको र संसारभरि एउटा साझा समस्याका रूपमा फैलिरहेकाे छ । यसले आर्थिक, राजनैतिक र वैचारिक पृष्ठभूमिलाई नकारात्मक असर पार्ने गर्छ । हुन त  सरकारले भने भ्रष्टाचार न्यूनीकरण हुँदै गएको दाबी गर्दै आएकाे छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस