UMRH 475 -1.9 HPPL 316.3 -3.6 EBLD85 1105 5 RSDC 735 0 HHL 439 -3.2 ADBL 367 -11.1 TAMOR 482.9 -2.1 NICL 990.2 -4.8 CIZBD86 1060 -10 FMDBL 758 -0.1 MFLD85 1050 -20 UPCL 262.2 -2.7 SICL 832 0 GVL 538.5 -22 GILB 1268.4 4.4 NICAD8283 1169.8 86.8 RURU 740 -9.8 SPL 813 -12.1 SRLI 443.1 -4.9 NICGF2 8.78 -0.02 HBLD83 1056.3 0.3 VLBS 902.5 -7.5 ACLBSL 1035 0 GMFBS 1512.1 -16.9 AHPC 267 -0.6 NIBD2082 1099 0 MLBSL 2000 -26 HLBSL 1010 -10 MKHL 493 -6 UAIL 639 -1 NICA 452 -13 KKHC 260 -2 STC 5908 9 UNLB 2527 -3.9 MFIL 768 48 MLBS 1532.3 -86.7 BARUN 379 -6.1 DHPL 242 1 FOWAD 1479 0 NMB50 10.3 0.05
×
भारतलाई लगातार हराउदै बाङ्लादेशले जित्यो सिरिज ।



दोस्रो एकदिवसीय खेलमा बंगलादेशले भारतलाई ५ रनले पराजित गरेको छ ।

ढाकाको शेर–ए–बंगला रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो । मेहदी हसन मिराजले ८३ बलमा १०० रनको अविजित इनिङ खेले । यसबाहेक महमुदुल्लाहले ७७ रन बनाए । जवाफमा भारतीय टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६६ रन बनायो । यस खेलको सुरुमै रोहित शर्मा घाइते भएका थिए । फिल्डिङका क्रममा उनको देब्रे हातको औलामा गम्भीर चोट लागेको थियो । यसपछि रोहितलाई अस्पताल लगियो ।

 

उनी स्टेडियम फर्किए तर उनको देब्रे औँलामा ब्यान्डेज लगाइएको थियो । यस्तो अवस्थामा उनी फिल्डिङमा आएनन् । ओपनिङ्ग गर्न पनि आएनन् । रोहित नवौं नम्बरमा ब्याटिङ गर्न आए र त्यहाँबाट लगभग खेल नै घुमाए। औंलामा चोट लागेपछि पनि रोहितले २८ बलमा तीन चौका र पाँच छक्काको मद्दतले अविजित ५१ रन बनाए । अन्तिम ओभरमा भारतलाई २० रन चाहिएको थियो । बल मुस्ताफिजुर रहमानको हातमा थियो र रोहित स्ट्राइकमा थिए।

पहिलो बलमा कुनै रन भएन । रोहितले दोस्रो र तेस्रो बलमा लगातार दुई चौका प्रहार गरे । त्यसपछि चौथो बलमा कुनै रन बन्न सकेन । भारतलाई जितका लागि अन्तिम दुई बलमा १२ रन आवश्यक थियो। रोहितले पाँचौं बलमा छक्का प्रहार गरे । अन्तिम बलमा मुस्ताफिजुरले योर्कर बल दिए र कुनै रन बनाउन सकेनन् । यसरी जित्यो बंगलादेश । खेलको टर्निङ प्वाइन्ट ४८ औं ओभरमा थियो, जसमा मोहम्मद सिराज स्ट्राइकमा थिए र रहमानले यो ओभर मेडेन लिए । यो ओभरमा कुनै रन नबन्दा भारतका लागि गेम चेन्जर साबित भयो।

 

भारतलाई जितका लागि अन्तिम तीन ओभरमा ४० रन आवश्यक थियो। ४८ औं ओभर मेडन थियो । यसै क्रममा महमुदुल्लाह ४९ औं ओभरमा बलिङका लागि आए । यो ओभरमा भारतले २० रन बनाएको थियो । रोहितले दुई छक्का प्रहार गरे । सोही क्रममा सिराज ओभरको अन्तिम बलमा क्लिन बोल्ड भए । यसरी अन्तिम ओभरमा २० रन बाँकी थियो तर टीम इन्डियाले १५ रन भन्दा ba बनाउन सकेन । रोहितका अलावा श्रेयस अय्यरले ८२ र अक्षर पटेलले ५६ रन बनाए । बंगलादेशका लागि इबादत हुसेनले ३ विकेट लिए । त्यस्तै, मेहिदी हसन मिराज र शकिब अल हसनले २–२ विकेट लिए ।

तीन खेलको एकदिवसीय सिरिजमा बंगलादेशले पनि २–० को अग्रता लिएको छ । बंगलादेशले सन् २०१५ पछि पहिलो पटक भारतविरुद्धको एकदिवसीय सिरिज जितेको छ । यस सिरिजको पहिलो एकदिवसीय खेलमा बंगलादेशले भारतलाई एक विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस