×
Lagani
Lagani Shiksha gif
महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति



नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा  समपन्न भएको छ ।

आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

Lagani Shiksha gif
sharehubapk महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए ।

यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् । नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिस्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे, महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करण सिंह धामी, भारतको तर्फबाट डीएम रीना जोशी, एसडीएम दिबेश शासनीको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस