SMH 1064.8 5.9 MBJC 321 -8 NBL 292.2 1.2 TPC 465 6 KSBBLD87 1093.4 18.4 TVCL 461 1 NGPL 472 -2.9 NABBC 631 -12 CZBIL 242 -10 SGIC 641.2 -4.8 AHPC 267 -0.6 NLICL 606 -4 NHDL 570 0 SNLI 585.1 -0.9 SPIL 853 -18 NUBL 730 2.8 SMJC 574 -6 HRL 861 -4 CBBL 980 1 CITY 805 -17 FMDBL 758 -0.1 VLUCL 588 -1.9 MSLB 1564 -70 TRH 1118 -5 SWBBL 1065 2.1 SHEL 242.9 -4.7 SADBL 419 -1 NADEP 1030 -55 ENL 1102 -18 MLBL 398 -6.9 BNT 14350 -50 NIBD84 1030 -20 JFL 655 6 PBD85 1079.9 19.9 PRSF 9.54 -0.11 JSLBB 1513.9 38.9 CIZBD90 1081 1 EDBL 645 -1.9 ALICL 714.5 -1.2 MKHC 339 -1
×
भोली देशभर सार्वजनिक विदा।



सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

उधौली पर्व र यमरी पुन्हिको अवसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो । बिहीबार किराँत समुदायले उधौली र नेवार समुदायले योमरी पुर्णिमा मनाउँदैछन् ।

उधौली चाड नेपाल साथै संसार भरी छरिएर वसोवास गर्ने भुमिपुत्र मुलवासी किराँत समुदायले विशेष सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान चाड हो । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुल्क पूर्णिमाको दिनको यो उधौली पर्वलाई सुनुवारले फोलस्याँदर, राईले उधौली सकेला, याक्खाले चासुवा र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ। उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ। यस्तै उधौली-उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस