×
Lagani
Lagani Shiksha gif
महाकालीमा भारतीय हस्तक्षेपको विरोध दूतावास अगाडि प्रदर्शन



भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ ।

अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन् ।

Lagani Shiksha gif
sharehubapk महाकालीमा भारतीय हस्तक्षेपको विरोध दूतावास अगाडि प्रदर्शन

सानो संख्यामा उपस्थित प्रदर्शनकारीहरुले भारतीय विस्तारवादको विरोध गर्दै तत्काल अनधिकृत निर्माण कार्य रोक्न माग गरेका थिए। भारतीय पक्षले नदीको धार परिवर्तन र अनधिकृत संरचना निर्माण गरेपछि दार्चुलावासीले प्रतिकार गरेका थिए। त्यसक्रममा भारतीय पक्षको ढुंगामुढाबाट केही नेपाली घाइते भएका छन्। नेपाल सरकारले पनि यो घटनालाई लिएर भारत सरकारलाई कुटनीतिक नोट पठाइसकेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस