UNLB 2028 14.9 NMB50 9.82 0 PPCL 238 -3 DHPL 196.8 -2.2 RSDC 681.4 -8.6 HPPL 260 -5 SJLIC 413.1 -5.9 NLICL 551 -10.9 CHDC 1052 4 AKPL 167 -1 BHDC 578.2 -11.7 SLCF 8.07 0.04 CITY 710 -1.1 NBLD85 976 -4.1 HIDCL 164 -1 NMLBBL 709 -10 ILI 434.2 -3.8 MANDU 897 -3 GLH 234.5 2.2 NMFBS 1365 -19 PHCL 331 11 NICGF 9.8 0 UPCL 195 -3 KLBSL 1020 28 KBSH 1611.5 146.5 MKHC 324 -7 CGH 854 -11 GBLBS 812.2 -2.8 NYADI 307 -1 JOSHI 306.8 -3 RBCLPO 10807.3 -302.7 MHCL 408 -11.9 NICSF 9.3 0 TRH 771.1 1.1 NICLBSL 664.1 -13.8 JBBD87 982.1 3 ICFC 534 10.1 HEI 605 -9 SMH 820 12 ALBSL 1010.5 -20.6
×
धर्नामा बसेका अधिवक्तालाई संग्रौलाको प्रश्न – नेताको चाकरी गर्ने तपाईं कति ठिक ?



निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले जबरासहितलाई पत्र दिएपछि अहिले सर्वाेच्च अदालतको गेटमा कानुन व्यवसायी धर्नामा बसेका छन् ।

कानुन व्यवसायीको प्रदर्शनपछि गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ ।

उक्त पत्र पाएपछि बुधबार नै जबरा हाजिर हुन सर्वाेच्च अदाललत जाने तयारीमा छन् । उनलाई रोक्न सर्वाेच्च गेटमै रोक्न केही कानुन व्यवसायी धर्नामा बसेका छन् ।

यसरी धर्नामा बसेका कानुन व्यवसायीलाई पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाईं कति ठिक भन्दै प्रश्न गरेका छन् ।

‘विद्वान भनिने वकिलले जोकर हुनु कति ठिक ? चोलेन्द्र ठिक छ्न भन्दिनँ, तर अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाइँ कति ठिक ?,’ उनले फेसबु्कमा लेखेका छन् ।

कानुन व्यवसायीलाई सम्बोधन गर्दै संग्रौलाले फेसबुकमा लेखेका छन् :

आदरणीय वकिल मित्रहरु,

चोलेन्द्रजीको महाअभियोगका बारेमा आफ्ना नेताज्युहरुलाई सोध्न जानुहोस् । अदालतलाई बेथितिको दलदलमा हाल्ने न्यायाधीश र प्रधानन्यायाधीशलाई आफ्नो स्वार्थअनुसार माया गर्ने र लखेट्ने नेता र उनका झोला बोक्ने वकिलकै कारण अदालत ध्वस्त भयो । यसका विरुद्ध अब जनता नै उठ्ने बेला भयो । तपाईंका नेताले क्लिन चिट चोलेन्द्रजीलाई दिए । तपाइँहरु ढोका रुंगेर उभिनु भएको छ । नारा कसकाविरुद्ध लगाउनु हुन्छ ?

विद्वान भनिने वकिलले जोकर हुनु कति ठिक ? चोलेन्द्र ठिक छ्न भन्दिनँ, तर अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाइँ कति ठिक?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस