SIGS2 10.05 0 SMATA 875 -16 JBBL 351 -3.1 GBBL 447 -6 NIBD84 1030 -20 LEC 276.8 -6 MERO 760 0.5 SHLB 1886.9 1.9 SWMF 812 -13 KPCL 493 -0.8 UMRH 475 -1.9 SHINE 473 -1.8 HDHPC 208.8 -4.1 NICSF 9.5 0.25 NMBMF 695 -10 EHPL 840 7.9 EBLD85 1105 5 KSBBL 448 -3 JSLBB 1513.9 38.9 PFL 652 -1 NHDL 570 0 NMLBBL 769 -11 SINDU 667 -6 IHL 499 -1 STC 5908 9 SBLD89 1200 16.1 ULBSL 3199 37 CORBL 958.8 -10.2 NMFBS 1435 1 NMBD87/88 1027 -3 SGHC 393.6 0.1 ULHC 390 -7.9 ICFC 823.9 74.9 RADHI 397.9 7.9 SAPDBL 569.6 -7.4 SPC 520 5 AHPC 267 -0.6 RNLI 495.5 1.5 USHEC 523 -7 MLBSL 2000 -26
×
हेली एभरेष्टमा ६ जना पाइलटको लागि जागिर खुल्यो।



हेली एभरेष्ट प्रालीले ६ जना पाइलटका लागि रोजगारी खुलाएको छ ।

हालै मात्र सिम्रिक एयरसँग एउटा हेलिकोप्टर खरिद गरेसँगै हेली एभरेष्टलाई पाइलटको आवश्यकता परेको हो । उसले एस थ्री फाइब जिरो बी थ्री इ नामको हेलिकोप्टर उडानका लागि जनशक्ति मागेको हो । यो हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ ।

हेलीले दुई इन्स्ट्रक्टर पाइलट, दुई कप्तान र दुई प्रशिक्षार्थी पाइलटको लागि आवेदन खुलाएको छ । इन्स्ट्रक्टर पाइलटका लागि लाइसेन्स अनिवार्य र दुई हजार घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने बताएको छ । कप्तानमा आवेदन दिन लाइसेन्सँगै दुई हजार उडान अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै प्रशिक्षार्थीको हकमा विना अनुभव भए पनि लाइसेन्स अनिवार्य भनिएको छ ।

गत असोजमा कम्पनीले सिम्रिक एयरको एउटा एयरबसको बी-थ्रीइ सिरिज हेलिकोप्टर खरिद गरेको थियो । अहिले कम्पनीसँग तीनवटा हेलिकोप्टर छन् ।  कोभिड संक्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकबाट हेली सेवाको मागलाई मध्यनजर गर्दै कम्पनीले हेलिकोप्टर थपेको थियो ।  तीन वर्षअघि नै हेलिकोप्टर थपेर क्षमता विस्तार योजना बनाएको कम्पनीले कोभिड संक्रमणका कारण थप्न सकेको थिएन ।

यो कम्पनीले सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइट लगायतको सेवा दिँदै आएको छ। हेलिकोप्टर खरिदका लागि कम्पनीले सिम्रिकसँग दुई महिना अगाडि नै सम्झौता गरेर प्रक्रिया सुरु गरेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस