×
Lagani
Lagani Shiksha gif
दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन



गत मंसिर १५ गते दुर्घटनामा परेर घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका ५ का ३५ वर्षीय विजयी माझीको गत मंसिर १५ गते उपचारका क्रममा मृत्यु भएपछि आफन्तले आज जितपुरसिमराको सडक अवरोध गर्दै प्रदर्शन गरेका छन्।

न्युरो अस्पताल विरगजमा मंसिर १५ गते साझ करिब ५ बजेतिर उनको मृत्यु भएको हो। पथलैया निजगढ सडक खण्डमा दाउरा लिएर आउने क्रममा हाल सम्म पहिचान हुन नसकेको सेतो सवारी साधनले साइकलमा सवार माझीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

Lagani Shiksha gif
sharehubapk दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन

घाइते माझीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भए पनि रकम अभाव भएका कारण उनको शव अस्पतालमै रहेपछि स्थानीयले चन्दा संकलन गरेर करिब १ लाख ८० हजार अस्पतालमा भुक्तानी गरेर मंसिर १८ गते जिल्ला अस्पताल कलैयामा पोस्टमाटम गरि आज उनीहरुले शब सडकमा ल्याएर प्रदर्शन गरेका हुन्।

पूर्व जनप्रतिनिधि वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीका अनुसार मृतक माझीका ४ छोराछोरी छन् । दुर्घटना भएको ४ दिन सम्मपनी प्रहरीले सो फरार गाडी पक्राउ नगरेपछि बाध्य भएर शव सडकमै ल्याएर आन्दोलन हुनु परेको बताए ।

आक्रोसित भीडले सडकमा अवरोध गर्दा करिब १ हजार सवारी साधन सडकमा अलपत्र छन । उनीहरुले नाराबाजी र प्रदर्शन गरिरहेका छन्।  आन्दोलनमा उत्रिएकाहरुले जितपुर चोक सडकखण्ड अवरुद्ध बनाएका छन्। सडक सवारीसाधनसमेत चल्न नदिकन आन्दोलन हुन थालेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस