×
Lagani
Lagani Shiksha gif
बिना निम्तो बिहेमा खाना खान पुगेका व्यक्तिलाई भाडा माझ्न लगाएपछि। ….

प्रतीकात्मक तस्बिर



भारतको मध्य प्रदेशमा एक विवाह समारोहमा भाँडाकुँडा धुन बाध्य पारिएको भिडियो भाइरल भएको छ ।

भिडियोमा उक्त व्यक्ति एमबीए विद्यार्थी रहेको खुलासा भएको छ । विवाहमा निमन्त्रणा नगरी आएकाले उनलाई भाँडा धुने सजाय दिइएको हो ।

Lagani Shiksha gif
sharehubapk बिना निम्तो बिहेमा खाना खान पुगेका व्यक्तिलाई भाडा माझ्न लगाएपछि। ....

भाइरल भिडियोमा एक व्यक्तिले एमबीए विद्यार्थीलाई सोधेको सुनिन सकिन्छ, “तिमीलाई सित्तैमा खादाको सजाय थाहा छ? तिमी आफ्नो घरमा भाँडा राम्रोसँग धुन्छौ ?” विद्यार्थीलाई समात्ने व्यक्तिले भिडियो खिच्ने क्रममा उनको अवस्थाबारे सोधे । विद्यार्थी जबलपुर निवासी हुन् र भोपालमा एमबीए पढ्छन् ।

ती व्यक्तिले विद्यार्थीलाई सोध्छन्, “तिमी एमबीए गर्दैछौ र तिम्रा आमाबुवाले पैसा पठाउँदैनन्? जबलपुरलाई बदनाम गरिरहेछौ।”  विद्यार्थीलाई सोधिन्छ, “प्लेट धोएपछि तिमीलाई कस्तो लाग्छ?” विद्यार्थीले भन्यो, “सर, सित्तैमा खाना खाए , केहि त गर्नु पर्छ ।”

घटनाबारे औपचारिक उजुरी नआए पनि उक्त भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा तनाब मच्चिएको छ । धेरै प्रयोगकर्ताहरूले यो होस्टलमा बस्ने विद्यार्थीहरूको लागि धेरै सामान्य भएको टिप्पणी गरेका छन्। भिडियो बनाउने व्यक्तिले अपमानजनक टिप्पणी गरेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस