MERO 760 0.5 NSIF2 10.52 0.02 BARUN 379 -6.1 MBJC 321 -8 MKJC 467.9 -1 NMLBBL 769 -11 NICAD8283 1169.8 86.8 SRLI 443.1 -4.9 MLBSL 2000 -26 JOSHI 305 -6.8 AHPC 267 -0.6 HURJA 220 -4.6 CGH 909 -5 BHDC 583 5.4 PCBL 292 -2 CHDC 1684 -35.9 SCB 691.1 3.6 KDL 1059 16 SGIC 641.2 -4.8 HIDCLP 183 -2 NUBL 730 2.8 LEC 276.8 -6 USHEC 523 -7 GUFL 735 5 NICSF 9.5 0.25 RAWA 889 29 CIZBD90 1081 1 JBBL 351 -3.1 CORBL 958.8 -10.2 NICD88 1032 -21 GVL 538.5 -22 PPL 461 -2.5 CKHL 632 -8 SMHL 613.1 -4 EDBL 645 -1.9 NMBD87/88 1027 -3 GRDBL 743 5 SALICO 747 -9.1 LICN 1995.9 -27.1 GLH 244 -2
×
मेसीको गोलमा अर्जेन्टिना क्वाटरफाइनलमा



अस्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति अहमद विन अली मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक-एक गोल गरे । अर्जेन्टिनाको एन्जो फेर्नान्डेजले आत्माघाति गोल गरेका थिए ।

करियरको एक हजार खेल खेलेका मेसीले ३५औं मिनेटमा गोल गरेका थिए । बक्स भित्र ओटामेन्डीले मिलाएको बललाई मेसीले सहज गोल गरे । यस गोलसँगै मेसीले नकआउट चरणमा पहिलो गोलगर्न सफल रहे । मेसीले देशका लागि एक सय १९औं खेल खेलेका थिए । यससँगै फिफा विश्वकपमा मेसीको गोलसख्या नौं पुुगेको छ ।

दोस्रो हाफमा दुई पटकको च्याम्पियन अर्जेन्टिनाले दोस्रो अग्रता बनायो । अल्भारेजले ५७औं मिनेटमा बक्सभित्रबाट सहज गोल गरे । अस्ट्रेलियाको गोलरक्षक म्याट रायनले गरेको गल्ती फाइदा उठाउँदै जुलियन अल्भारेजले २–० को अग्रता दिलाएका हुन् ।

खेलको ७७औं मिनेटमा अस्ट्रेलियाले दूरी घटायो ।  वैकल्पिक खेलाडी क्राइग गुडविनको प्रहार अर्जेन्टिनी डिफेन्डर एन्जो फर्नान्डेजलाई लाग्दै जाली चुमेको थियो । खेलको दोस्रो हाफमा अजिज बेहिचले दोस्रो गोल गर्ने अवसर गुमाएका थिए । उनको प्रहार बक्सभित्रबाट अर्जेन्टिनाको लिसान्द्रो मार्टिनेजले क्लियर गरेका थिए ।

अब, अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सको सामना गर्नेछ । राति नै सम्पन्न खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस