SALICO 747 -9.1 HIDCLP 183 -2 BHDC 583 5.4 SMPDA 910 -1 MKJC 467.9 -1 PRIN 968 4 CMF2 9.21 -0.1 RHGCL 388 0 HATHY 1322 13 SBCF 9 -0.2 KDBY 9.21 -0.23 NRIC 803 -5 PROFL 655 7 NLIC 814 -13.4 NLICL 606 -4 VLBS 902.5 -7.5 SPDL 310 5 PPCL 262 -5.2 MKHC 339 -1 BPCL 449 -7 NICFC 8.97 -0.33 RIDI 235 0 VLUCL 588 -1.9 HBL 260 -13 ILBS 980 -21.5 SHINE 473 -1.8 CFCL 647 27.1 LUK 9.21 -0.09 KKHC 260 -2 HEI 648 -10 SWMF 812 -13 BFC 625 9.1 NIBLSTF 8.68 0 UNHPL 266 0 USHL 783.2 -13.7 NICAD8283 1169.8 86.8 SIGS3 9.45 0.09 BEDC 470 0 CHL 353 0.4 SHPC 525 -3.9
×
प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले संग मिल्न तयार माओवादी केन्द्र !



नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला राख्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय गरेको उनले बताए ।

अहिलेको गठबन्धन नतोड्ने तर सरकार निर्माणमा अन्य दलसँग पनि छलफल गर्ने विकल्पमा खुला रहने निर्णय भएको महराले बताए ।  माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको उनको भनाइ छ ।

बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए ।  चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफलले आइतबार पनि निरन्तरता पाउने भएको छ । पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस