CHCL 441 1 KKHC 232.2 4.2 RADHI 265 11 RAWA 560 0 SAHAS 528.1 -14.9 SICL 707 1 BFC 454 7 NIL 806 -2 HHL 372.9 -6.1 MKHC 324 -7 IHL 426.9 11.9 SPDL 252 2.1 EBL 533 -1.9 SBID83 1070 10 SNLI 475 -10 SADBL 320 4.9 SHLB 1749 -1 UHEWA 491 -18.1 DLBS 1335 55 NSIF2 10 0.02 RFPL 372.5 -6.5 MDB 508.9 19.9 NHDL 536 -1.2 HURJA 292 4.9 NRIC 648 -8.7 ICFC 534 10.1 SDLBSL 1195 108.5 NMFBS 1365 -19 BGWT 1131 -102 USHL 530 1 SAMAJ 2220 43 MBL 178.5 1.5 PBLD87 982 12 SSHL 169 2 RBCLPO 10807.3 -302.7 SHPC 325.5 -4.5 NICLBSL 664.1 -13.8 GFCL 525.7 42.7 SPC 589 1.1 SHEL 162.2 -2.3
×
सिंजाका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य सेवा।



ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भइसके पछिका  महिलाका लागि  सिंजा गाउँपालिकाले घरदैलोमा उपचार सेवा दिने भएको छ ।

सिंजा गाउँपालिकाभरिका ज्येष्ठ नागरिक र शारिरिक रुपमा कमजोर बनेका व्यक्तिलाई स्वास्थ्य संस्थाको पहुँचमा पुर्‍याउन  निःशुल्क  उपचार सेवा घरदैलोमै पुगेर दिइने भएको हो । सिंजा गाउँपालिका ‘हामी बनाउँछौं हाम्रो गाउँपालिका, राम्रो गाउँपालिका’  बनाउनका लागि नागरिकका आवश्यकताका आधारमा सेवा दिने गरिएको  सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

उनले भने, ’यो सिंजा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि र गर्भवती र सुत्केरी भइसकेका महिलालाई प्रत्येक महिनामा घरदैलोमार्फत नि:शुल्क स्वाथ्य सेवा दिइने कार्यक्रमा शुक्रबारबाट औपचारिक रुपमै सुरु गरिएकाे छ।’

गाउँपालिकाभित्रका गर्भवती महिला ,ज्येष्ठ नागरिक र दमका बिरामीहरुको लागि सुगर, प्रेसरजस्ता सेवाहरु गाउँपालिकाले घरदैलामै पुगेर दिन भएको सिंजा गाउँपालिका स्वाथ्य शाखामा प्रमुख ललितजंङ रोकायाले बताए ।

उनका अनुसार स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य रहेको छ । उनले भने, ‘यो कार्यक्रम विषेश गरी ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र बालबालिका शारिरिक रुपमा असक्त रहेका व्यक्तिका लागि हो ।’

ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी यस्तो सेवा दिने गरिएको हो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस