×
Lagani
Lagani Shiksha gif
न्युज पोर्टल उकेरामाथि साइबर हमला, रवि लामिछानेबारे लेखिएका समाचार डिलिट



न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ ।

बिहीबार राति उकेराको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी ह्याकरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे लेखिएका समाचार डिलिट गरिएको छ ।

Lagani Shiksha gif
sharehubapk न्युज पोर्टल उकेरामाथि साइबर हमला, रवि लामिछानेबारे लेखिएका समाचार डिलिट

उकेराका सम्पादक केपी ढुंगानाले सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी लामिछानेबारे लेखिएका समाचार डिलिट गरिएको बारे नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कानुनी उपचारमा जाने जानकारी दिएका छन् । ‘प्रकाशित समाचारप्रति कसैको आपत्ति भए कानुनी उपचारको बाटो खुल्ला हुँदाहुँदै सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी सामाग्री हटाउने आपराधिक कामको हामी भर्त्सना गर्दै यसबारे नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कानुनी उपचारमा जाने जानकारी गराउन चाहन्छौं,’ ढुंगानाले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिक अवैध भएको र उनको सांसद पद खारेज हुनेलगायतका समाचार उकेराले प्रकाशित गर्दै आएको थियो । त्यसपछि उकेराविरुद्ध लामिछानेका प्रशंसक र समर्थक गाली बेइज्जतीमा उत्रिएको ढुंगानाको भनाइ छ ।

उकेरा टिमले डिलिट गरिएका समाचार पुन: प्रकाशित गर्ने तयारी भइरहेकाे जानकारी दिएकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस