MNBBL 395.8 -0.8 RMF2 9.21 -0.13 SGIC 641.2 -4.8 STC 5908 9 NYADI 305.4 -6.6 ULHC 390 -7.9 LLBS 1050 5 SMATA 875 -16 BARUN 379 -6.1 LSL 253.5 -5.5 MBL 255 -4 CIZBD86 1060 -10 SANIMA 326 -10.2 NABBC 631 -12 TRH 1118 -5 RNLI 495.5 1.5 SIKLES 707 -3 SARBTM 765 -5 SMPDA 910 -1 ANLB 4453.1 47 SBLD84 1040 19.3 NIL 912 8 EBLD85 1105 5 RMF1 9.15 -0.1 JOSHI 305 -6.8 CKHL 632 -8 MND84/85 1030 2 CGH 909 -5 CFCL 647 27.1 SBD87 1048 11.9 UHEWA 476 -11 BHL 440 -13 NIBSF2 8.9 0.08 BHPL 655.1 -12.7 MLBSL 2000 -26 EHPL 840 7.9 LBBL 475 -4.8 GILB 1268.4 4.4 NICL 990.2 -4.8 KSBBLD87 1093.4 18.4
×
न्युज पोर्टल उकेरामाथि साइबर हमला, रवि लामिछानेबारे लेखिएका समाचार डिलिट



न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ ।

बिहीबार राति उकेराको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी ह्याकरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे लेखिएका समाचार डिलिट गरिएको छ ।

उकेराका सम्पादक केपी ढुंगानाले सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी लामिछानेबारे लेखिएका समाचार डिलिट गरिएको बारे नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कानुनी उपचारमा जाने जानकारी दिएका छन् । ‘प्रकाशित समाचारप्रति कसैको आपत्ति भए कानुनी उपचारको बाटो खुल्ला हुँदाहुँदै सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी सामाग्री हटाउने आपराधिक कामको हामी भर्त्सना गर्दै यसबारे नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कानुनी उपचारमा जाने जानकारी गराउन चाहन्छौं,’ ढुंगानाले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिक अवैध भएको र उनको सांसद पद खारेज हुनेलगायतका समाचार उकेराले प्रकाशित गर्दै आएको थियो । त्यसपछि उकेराविरुद्ध लामिछानेका प्रशंसक र समर्थक गाली बेइज्जतीमा उत्रिएको ढुंगानाको भनाइ छ ।

उकेरा टिमले डिलिट गरिएका समाचार पुन: प्रकाशित गर्ने तयारी भइरहेकाे जानकारी दिएकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस