×
Lagani
Lagani Shiksha gif
१२ ठेकेदार कम्पनी कालोसूचीमा , २.५ बर्ष काम गर्न नपाउने !



सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मङ्सिर १६ गतेदेखि लागू हुने गरी एक वर्षका अवधिसम्म कालोसूचीमा राखिएको हो ।

Lagani Shiksha gif
sharehubapk १२ ठेकेदार कम्पनी कालोसूचीमा , २.५ बर्ष काम गर्न नपाउने !

कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म (कालोसूचीमा राखिएको समयसम्म) सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।

कालोसूचीमा राख्न सिफारिस गर्ने निकायकालोसूचीमा पर्ने ठेकेदारअवधि
सडक डिभिजन, बुटवल, रुपन्देहीभारत सप्तकोशी जे.भि., काठमाडौं (मुख्य व्यक्ति होमनाथ गौतम)२ वर्ष ६ महिना
हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौंडा, मकवानपुरहाइवे कन्स्ट्रक्सन प्रा.लि., भरतपुर (मुख्य व्यक्ति नारायण सुवेदी)१ वर्ष
शहिद गंगालाल हृदय केन्द्र, बाँसवारी, काठमाडौंVidhi Builders Pvt. Ltd., का.म.न.पा. १२, टेकु काठमाडौँ । ( मुख्य व्यक्ति विप्लव पोखेल)१ वर्ष
टोखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मौजूहिटि काठमाडौंसाईबाबा एन्ड तारा कन्स्ट्रक्सन सेवा, खलंगा २, जाजरकोट ।( मुख्य व्यक्ति संजया कुमारी राना (शाह))१ वर्ष
नेपाल कृषि अनुसन्धान परिषद्, उच्च ४ पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, भेडा तथा वाखा अनुसन्धान कार्यक्रम, गुठीचौर, जुम्ला ।अनुकुल निर्माण सेवा, चन्दननाथ-२, जुम्ला (मुख्य व्यक्ति तिल बहादुर भण्डारी)१ वर्ष
रानी जमरा कुलरीया सिंचाइ आयोजना, टिकापुर, कैलाली ।haigreeva Siddhi Sai Prakash J/V, सामाखुशी- ९. काठमाडौँ । (मुख्य व्यक्तिः देपेन्द्र बहादुर शाही, नरेन्द्र प्रधान)२ वर्ष
पर्यटन विकास आयोजना, हेटौंडा ।पाँचखाल कन्स्ट्रक्सन प्रा.लि., नयाँ बानेश्वर, काठमाडौं । (मुख्य व्यक्ति प्रेम प्रसाद अधिकारी)१ वर्ष
खानेपानी, सिंचाइ तथा उर्जा विकास निर्देशनालय, विरेन्द्रनगर, सुर्खेतप्रभु निर्माण सेवा, गुर्भाकोट न.पा. ०४ सुर्खेत (मुख्य व्यक्ति : रेशम बहादुर शाह)१ वर्ष
उत्तरगया गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खाल्टे, रसुवासिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. टोखा-८, काठमाडौं व्यक्ति श्री सिद्धिवावु रेग्मी)१ वर्ष
कपिलवस्तु नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, तौलिहवा, कपिलवस्तु ।एस. एस. के निर्माण सेवा प्रा. लि. लुम्बिनी सांस्कृतिक न.पा.-५, रुपन्देही । (मुख्य व्यक्ति सफीउर्रहमान अन्सारी)१ वर्ष
कृषि विकास निर्देशनालय, दिपायल, डोटी ।सुमदिवी कन्स्ट्रक्सन, धनगढी, कैलाली (मुख्य व्यक्ती मिना कुमारी शर्मा कोइराला)१ वर्ष
सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहटनिलगिरी/नेसनल / क्यानोन जे. भी., हेटौंडा, मकवानपुर ।१ वर्ष

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस