CBBL 980 1 GCIL 498 -5.8 ENL 1102 -18 NBL 292.2 1.2 SADBL 419 -1 GLBSL 1600.4 -29.6 HEIP 381.8 20.8 GHL 218.5 -1.1 PMHPL 260 -4 MKHL 493 -6 HLI 472 -4 LBBLD89 1208.5 23.5 HHL 439 -3.2 HDHPC 208.8 -4.1 SCB 691.1 3.6 SAEF 11.22 0.17 SMHL 613.1 -4 RHPL 364 -5.2 RMF1 9.15 -0.1 BOKD86 1040 18 NICAD8283 1169.8 86.8 LSL 253.5 -5.5 BHPL 655.1 -12.7 HLBSL 1010 -10 PPL 461 -2.5 HIDCLP 183 -2 NIMB 241.9 -9.1 RLFL 625 6.9 SIGS3 9.45 0.09 NTC 980.1 -2.4 MLBS 1532.3 -86.7 CFCL 647 27.1 RHGCL 388 0 SFCL 704.1 63.6 SEF 9.51 -0.24 MBL 255 -4 NICL 990.2 -4.8 GMFBS 1512.1 -16.9 NHDL 570 0 LBLD86 1081 -0.2
×
कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल



प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना सुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ । बुथ कब्जा र धाँधली भएको भन्दै एमालेले उजुरी हालेपछि त्यहाँ पुनः मतदान हुन लागेको हो । बाजुराको बुढीनन्दा नगरपालिकामा १० मंसिरमै मतदान भइसकेको छ । अब मतगणना गर्न बाँकी छ ।

अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था देखिन्न । हंग पार्लियामेन्ट बन्ने भएको छ । निर्वाचनको प्रत्यक्षतर्फ सत्तागठबन्धनले बहुमत त ल्याएका छन्, तर समानुपातिक मतपरिणाम सार्वजनिक नभई सरकार बन्न सक्ने अवस्था छैन । तर पनि प्रमुख दलका नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, कांग्रेसभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, शशांक कोइराला प्रधानमन्त्रीको दौडमा छन् । बाहिर प्रकट नभए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको रेसमा छन् । तर, यसपटक उनलाई त्यति सहज भने छैन । यदि कांग्रेसकै नेतृत्वमा सरकार बनेमा दोस्रो कार्यकाल आफूले पाउनुपर्ने उनको दाबी छ । तर, उनले खुला रूपमा बोलेका छैनन् ।

कांग्रेसमा प्रधानमन्त्रीका लागि खासगरी देउवा, पौडेल र थापाबीच रस्साकस्सी छ । सबै नेताले आफू निकटका सांसदहरूलाई भेट्न थालेका छन् । उनीहरूको रायसुझाव लिइरहेका छन् । कांग्रेस पहिलो दल बनेकाले संविधानअनुसार स्वाभाविक रूपमा सरकारको दाबी गर्ने पहिलो अधिकार उसकै हुन्छ । त्यही भएर पनि अन्य दलका नेताहरू अघि बढेका छैनन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त तत्काल वाम गठबन्धनको सरकार बन्न नसक्ने प्रस्ट पारेका छन् । मंगलबार पार्टी कार्यालयमा चुनावी समीक्षा बैठक सकेर बाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेकै सत्तागठबन्धनले निरन्तरता पाउने बताए । उनले दोलखा, बाजुरा, स्याङ्जामा मत गन्न बाँकी रहेकाले नयाँ सरकार गठनका लागि प्रशस्त समय रहेको बताए ।

कांग्रेस महामन्त्री गगन थापा भने अब कांग्रेसमा अहिलेको पुस्ता प्रधानमन्त्रीका लागि योग्य रहेकाले अबको पाँच वर्षसम्म धैर्य गर्न नसक्ने बताउँछन् । उनले कांग्रेसमा अहिलेकै पुस्ताले प्रधानमन्त्री चलाउनुपर्ने भन्दै त्यसका लागि छलफल सुरु भइसकेको बताए । कांग्रेस नेता रामचन्द्र पौडेल भने अहिले पनि आफूले प्रधानमन्त्री बन्ने अवसर नपाए कहिले पाउने भन्दै अभियान नै अगाडि बढाएका छन् । कांग्रेसभित्रको यस्तो कलहले फेरि पनि प्रधानमन्त्रीमा देउवाले नै निरन्तरता पाउने अवस्था देखिएको छ ।

एमाले अध्यक्ष केपी ओली सत्ता गठबन्धन भंग नगरी प्रधानमन्त्री बन्न सक्ने अवस्थामा छैनन् । तर पनि उनले विभिन्न दलका नेताहरूसँग छलफल अघि बढाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस