×
तीन महिनामा आँखुखोला जलविद्युत कम्पनीको नाफा तीन करोड ३० लाख



आँखुखोला जलविद्युत कम्पनीले चालू आवको पहिलो त्रैमासिक अर्थात् (तीन महिना)को वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा तीन करोड ३० लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा दुई दशमलव चार प्रतिशतले घटी हो ।

कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको पहिलो त्रैमासमा सात करोड ८९ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर आठ करोड २० लाख ७५ हजार रुपैयाँ पुगेको हो ।

हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ भने जगेडा कोष २२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ३४ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस