FMDBL 758 -0.1 GCIL 498 -5.8 BEDC 470 0 AKPL 248.5 -2.5 GMFBS 1512.1 -16.9 RFPL 532 11.1 AHL 651 2 CZBIL 242 -10 GHL 218.5 -1.1 CBBL 980 1 MANDU 885 -14 MKHL 493 -6 FOWAD 1479 0 NIMBPO 176.9 -1.1 MHL 725 3.5 RHGCL 388 0 KBSH 2386 -9 ALICL 714.5 -1.2 LICN 1995.9 -27.1 TVCL 461 1 MSLB 1564 -70 NIBLSTF 8.68 0 USLB 1467 -2.9 HEIP 381.8 20.8 UNL 48870 -930 GLH 244 -2 NMBMF 695 -10 CLI 634 -4.9 CMF2 9.21 -0.1 SALICO 747 -9.1 MEN 631.1 -3.9 EBLD85 1105 5 SMHL 613.1 -4 RADHI 397.9 7.9 RURU 740 -9.8 IHL 499 -1 TSHL 909 -11 ULBSL 3199 37 CGH 909 -5 CCBD88 1123.1 6.1
×
हिजाब नलगाएकी महिलालाई बैंकिङ सेवा दिएको आरोपमा बर्खास्तगीमा परे बैंक म्यानेजर !



बैंकमा हिजाब नलगाएकी महिलालाई बैंकिङ सेवा दिए बापत एक इरानी बैंक प्रबन्धकलाई बर्खास्त गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

राजधानी तेहरान नजिकको कोम प्रान्तमा एक बैंक प्रबन्धकले ‘बिहीबार एक अनावरण महिलालाई बैंक सेवाहरू उपलब्ध गराएको थियो ।’ उनलाई गभर्नरको आदेशले  पदबाट हटाइयो’ डेपुटी गभर्नर अहमद हाजिजादेहलाई उद्धृत गर्दै मेहर समाचार संस्थाले जनाएको छ ।

इरानमा अधिकांश बैंकहरू राज्य–नियन्त्रित छन् र हिजाब कानून लागू गर्ने त्यस्ता संस्थाहरूमा व्यवस्थापकहरू जिम्मेवारी रहेको हाजिजादेहले बताए ।

८ करोडभन्दा बढी जनसंख्या भएको देशमा महिलाहरूले आफ्नो टाउको, घाँटी र कपाल छोप्न त्यहाँको नैतिकतासम्बन्धी प्रहरीले अनिवार्य गराएको छ । सेप्टेम्बरमा एक युवतीले हिजाब नलगाएको भन्दै त्यहाँको नैतिकतासम्बन्धी प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको हिरासतमै मृत्यु भएपछि देशभर हिजाबविरोधी प्रदर्शन चर्किएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस