NICA 415.1 -2.9 NIMBD90 1045 0 GVL 562.2 -7.8 HEI 605 -9 STC 4725 -69 KKHC 232.2 4.2 NBLD85 976 -4.1 HIDCL 164 -1 SLCF 8.07 0.04 NBLD87 990 10 KSBBL 379 2.5 PSF 9.01 -0.3 SLBBL 844.5 5.5 SIKLES 610 -9 GBLBS 812.2 -2.8 MMKJL 486.6 -6.4 MKHC 324 -7 UNL 44500 -500 CHCL 441 1 MKCL 1201 11.3 IHL 426.9 11.9 SADBL 320 4.9 RMF1 8.2 0.24 NRIC 648 -8.7 KBSH 1611.5 146.5 BNHC 607.3 -1.7 SICL 707 1 DHPL 196.8 -2.2 SMJC 409 8 SIFC 447 10 SBCF 8.03 0 SWBBL 903.3 0.3 NICL 843 -12 NICGF 9.8 0 MEHL 355 -3.5 JALPA 1389 -63 LUK 8.68 -0.13 UMRH 415.2 -4.8 RHPL 279 1.2 LEC 185 0.3
×
नेपाल रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म माग।



नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ ।

कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ति गर्न लागेको हो ।  कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ । रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तिमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ ।

त्यस्तै स्टेसन मास्टर हुनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । त्यसबाहेक कम्तिमा पाँच वर्षको अनुभव पनि चाहिने भएको छ ।  सिभिद इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष ट्रयाक इन्जिनियर भई काम गरेको अनुभव चाहिने उल्लेख छ ।

एयर कन्डिस्नर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर कन्टिस्नलर विषयमा डिप्लोमा उत्तीर्ण गरी एयरकन्डिसन मर्मत सम्भारमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ ।

यसका लागि आवेदन दिन १५ दिनको समय तोकिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस