EBLD86 1040 -2 MKHC 339 -1 CCBD88 1123.1 6.1 KKHC 260 -2 MSHL 938 3 C30MF 9.74 0 KDBY 9.21 -0.23 HBLD83 1056.3 0.3 NYADI 305.4 -6.6 LLBS 1050 5 CIZBD86 1060 -10 LICN 1995.9 -27.1 BNT 14350 -50 ICFC 823.9 74.9 AKJCL 209 -3 RSDC 735 0 JBLB 1534 -3 PBD88 1102.1 2.1 SONA 473.2 -7.8 MATRI 1405 -8 ULHC 390 -7.9 JSLBB 1513.9 38.9 ILI 483.5 -2.5 TRH 1118 -5 NWCL 975 -13.9 PSF 9.51 -0.09 TPC 465 6 NICAD8283 1169.8 86.8 GMFIL 623 1 TSHL 909 -11 CYCL 1540 -7 AHL 651 2 NIBD2082 1099 0 UNLB 2527 -3.9 ACLBSL 1035 0 SGIC 641.2 -4.8 ANLB 4453.1 47 SNLI 585.1 -0.9 USHL 783.2 -13.7 SNMAPO 190 0
×
मेसी चम्किदा अर्जेन्टिनाको जित



मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २–० अन्तरले पराजित गरेको छ ।

दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ  । पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित २–१ को हारपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा परेको थियो ।

मेक्सिकोविरुद्ध पहिलो हाफ कमजोर प्रदर्शन गरेको लियोनल स्कोलानीको अर्जेन्टिना दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्न सफल भएको थियो । ८८ हजार ९ सय ६६ समर्थकबीच मेसीले खेलको ६४औं मिनेटमा अग्रता दिलाएका थिए । एन्जल डि मारियाको पासमा मेसीले सेकेन्ड टचमै बक्स बाहिरबाट बललाई जाली चुमाएका थिए ।

खेल सकिन तीन मिनेटअघि एन्जो फर्नान्डेजले अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । मेसीले उपलब्ध गरेको बललाई फर्नान्डेजले बक्स भित्रबाट ‘कर्लिङ सट’लाई उत्कष्ट फिनिस गरे । २१ वर्षीय फर्नान्डेज खेलको ३३ मिनेट मात्रै मैदानमा रहे । अर्जेन्टिनाको लागि उनको यो पहिलो गोल हो ।

समूह सी को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डको सामना गर्नेछ । जितसँगै  अर्जेन्टिना समूहको दोस्रो स्थानमा उक्लिएको छ । पोल्यान्ड ४ अंकसहित शीर्षस्थानमा छ । समान खेलबाट अर्जेन्टिनाको तीन अंक छ । तीन अंकको साउदी तेस्रो स्थानमा रहँदा मेक्सिको एक अंक सहित पुछारमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस