×
Lagani
Lagani Shiksha gif
कितियाले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर नक्कली रहेको पुष्टि।



सामाजिक सञ्जालमा चर्चा कमाएकी अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीले नेपालमा खिचेको हिउँ चितुवाको तस्बिर ‘नक्कली’ रहेको पाहिएको छ।

‘अल्पाइन इन्टरनेशनल म्यागजिन’ ले तस्बिरको ‘फ्याक्ट चेक’ गर्दा नेपालको सगरमाथा क्षेत्रमा पाउलोस्कीले खिचेको भनिएको हिउँ चितुवाको तस्बिर नक्कली भएको दाबी गरेको छ । अल्पाइन इन्टरनेशनल म्यागजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विशेषज्ञहरूद्वारा सञ्चालित लोकप्रिय पत्रिका हो।

Lagani Shiksha gif
sharehubapk कितियाले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर नक्कली रहेको पुष्टि।

यसले पाभलोभस्की फोटोग्राफर हो कि होइन भन्ने शंका पनि व्यक्त गरेको छ। तथ्य जाँचले भन्छ, “यो सामान्यतया माउन्टेन फोटोग्राफीको संसारमा हुन्छ। तर एक नौसिखिया फोटोग्राफर, एक विद्यार्थी फोटोग्राफर यस्तो दृश्य पाउन भाग्यशाली हुनु पर्दछ । ”

किटिया पावलोस्कीको काम धेरैलाई थाह छैन । उनको वेबसाइट, उनको चार हिउँ चितुवा फोटोहरूमा पूर्ण रूपमा समर्पित छ भने अन्य जनावरहरूको कुनै अन्य शटहरू छैनन् । पत्रिकाले फोटोग्राफरको सामाजिक सञ्जाल (इन्स्टाग्राम) लाई पनि शंका गरेको छ। फोटोग्राफरको इन्स्टाग्राममा जम्मा ५ तस्बिर छन्, जसमध्ये ४ वटा हिउँ चितुवाको र एउटा उनको छ ।

‘एल्पाइन’ ले सम्पर्क गरेका हिउँ चितुवा विज्ञ भिन्सेन्ट मुनियरको तर्क छ- गोरकशेपको क्षेत्र जहाँ मान्छेहरूको निरन्तरको आवतजावत हुन्छ र हेलिकोप्टर आउजाउ गरिरहन्छ त्यहाँ आनन्दसाथ हिउँ चितुवा बसेको देख्नु असम्भवप्रायः छ। फेरि नाम हिँउ चितुवा भए पनि यो प्राणी ठ्याक्कै हिँउमै जान भने रुचाउँदैन, बरु ढुङे्नी पाखोमा बस्न रुचाउँछ।

भिन्सेन्टले गरेको अर्को तर्क पनि घतलाग्दो छ। उनले भनेका छन्- यी प्राणी यति छिटो हुन्छन् कि तपाईंले फोटो खिच्न मुस्किलै पर्छ र जुन हिसाबमा ढुङ्गामा बसेर चितुवाले शास फेर्दा वाफ आएको देखाइएको छ त्यो सर्वथा झूट हो। तथ्य जाँचले पावलोस्कीसँग फोटोशप प्रयोग गर्ने विशेषज्ञता रहेको र उनले त्यो प्रयोग गरेको बताएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस