×
Lagani
Lagani Shiksha gif
दुनिया चकित पार्दै फिफा विश्वकप आयोजक कतारले बनायो रेकर्ड !



फिफा विश्वकप २०२२ को आयोजक कतार दुई खेल खेल्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

दोश्रो खेलमा पराजयको तरबार लटकाएको भएपनि नेदरल्यान्ड्स र इक्वेडरबीचको खेलमा उनिहरुको आशा टुटेको थियो, जहाँ नेदरल्याण्ड्सको पराजयले कतारसँगको अन्तिम खेलसम्मको आशा जीवित राखेको थियो तर त्यसो भएन । नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ को बराबरीमा सकिएपछि कतार विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ ।

सबैभन्दा महँगो विश्वकप आयोजना गरेर दुनियालाई चकित पारेको कतार आफै प्रतियोगिताबाट बाहिरिएको छ । फिफा विश्वकप २०२२ को पहिलो खेलमा इक्वेडरसँग पराजित भएपछि आयोजक कतारको लागि लज्जास्पद कीर्तिमान थपिएको थियो । विश्वकपको उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको कतार अहिले सबै भन्दा छिटो  विश्वकपको पहिलो चरणबाट बाहिरिने दोस्रो आयोजक टोली बनेको छ ।

समूह ‘ए’ मा खेलिरहेको कतारले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । प्रतियोगिताको पहिलो खेलमा इक्वेडरसँग २–० ले पराजित भएको थियो । त्यसपछि शुक्रबार नोभेम्बर २५ मा सेनेगलले कतारलाई ३–१ ले हराएको थियो । कतारको अन्तिम खेल नेदरल्यान्ड्ससँग हुने थियो तर अब यो खेल जितेर पनि कतार अर्को चरणमा पुग्न सक्ने छैन । समूह १ मा इक्वेडर, नेदरल्याण्ड्स र सेनेगलले १–१ खेल जितेका छन् ।

कतारको टोली पहिलो पटक विश्वकप फुटबलमा सहभागी भएको थियो तर यो नतिजासँगै कतार विश्वकपको पहिलो चरणबाट बाहिरिने दोस्रो आयोजक टोली बनेको छ । विश्वकप फुटबलको इतिहासमा कतारअघि मात्रै आयोजक राष्ट्र दक्षिण अफ्रिका पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप आयोजना भएको थियो ।

नेदरल्यान्ड्स र इक्वेडरबीचको खेलको कुरा गर्ने हो भने जितसँगै प्रतियोगिताको सुरुवात गरेका दुवै टोलीले जित निकाल्न नसकेपछि १–१ अंकको बराबरी गर्नुपरेको थियो । खेलको सुरुको १०–१५ मिनेटमा नेदरल्यान्ड्सले आफ्नो दबदबा देखाएको थियो तर त्यसपछि खेलभर इक्वेडरले जबरदस्त आक्रमण गर्ने शैली देखाउँदै ब्याकफुटमा राख्यो र कुनै न कुनै रूपमा नेदरल्यान्ड्सले हारबाट जोगियो र अंक बटुल्यो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस