NICD83/84 1062 -19 MHL 725 3.5 NABBC 631 -12 TRH 1118 -5 NMBD87/88 1027 -3 VLBS 902.5 -7.5 MKHC 339 -1 SPIL 853 -18 NLG 1317 2 LSL 253.5 -5.5 PCBL 292 -2 MBJC 321 -8 SADBL 419 -1 HPPL 316.3 -3.6 CHDC 1684 -35.9 MLBBL 1635 15 ANLB 4453.1 47 NMB50 10.3 0.05 NADEP 1030 -55 ALICL 714.5 -1.2 NESDO 2229 -18 MBL 255 -4 C30MF 9.74 0 ENL 1102 -18 NMBMF 695 -10 SBID83 1098 8.7 RNLI 495.5 1.5 NRN 905 -8 NRM 426.1 -4.9 BHL 440 -13 GIBF1 9.69 0.1 BNHC 466.9 0.7 SFEF 9.29 0.22 FOWAD 1479 0 SBL 345 -8.1 DHPL 242 1 USLB 1467 -2.9 SAGF 9.31 0.01 PSF 9.51 -0.09 BNT 14350 -50
×
दुनिया चकित पार्दै फिफा विश्वकप आयोजक कतारले बनायो रेकर्ड !



फिफा विश्वकप २०२२ को आयोजक कतार दुई खेल खेल्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

दोश्रो खेलमा पराजयको तरबार लटकाएको भएपनि नेदरल्यान्ड्स र इक्वेडरबीचको खेलमा उनिहरुको आशा टुटेको थियो, जहाँ नेदरल्याण्ड्सको पराजयले कतारसँगको अन्तिम खेलसम्मको आशा जीवित राखेको थियो तर त्यसो भएन । नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ को बराबरीमा सकिएपछि कतार विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ ।

सबैभन्दा महँगो विश्वकप आयोजना गरेर दुनियालाई चकित पारेको कतार आफै प्रतियोगिताबाट बाहिरिएको छ । फिफा विश्वकप २०२२ को पहिलो खेलमा इक्वेडरसँग पराजित भएपछि आयोजक कतारको लागि लज्जास्पद कीर्तिमान थपिएको थियो । विश्वकपको उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको कतार अहिले सबै भन्दा छिटो  विश्वकपको पहिलो चरणबाट बाहिरिने दोस्रो आयोजक टोली बनेको छ ।

समूह ‘ए’ मा खेलिरहेको कतारले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । प्रतियोगिताको पहिलो खेलमा इक्वेडरसँग २–० ले पराजित भएको थियो । त्यसपछि शुक्रबार नोभेम्बर २५ मा सेनेगलले कतारलाई ३–१ ले हराएको थियो । कतारको अन्तिम खेल नेदरल्यान्ड्ससँग हुने थियो तर अब यो खेल जितेर पनि कतार अर्को चरणमा पुग्न सक्ने छैन । समूह १ मा इक्वेडर, नेदरल्याण्ड्स र सेनेगलले १–१ खेल जितेका छन् ।

कतारको टोली पहिलो पटक विश्वकप फुटबलमा सहभागी भएको थियो तर यो नतिजासँगै कतार विश्वकपको पहिलो चरणबाट बाहिरिने दोस्रो आयोजक टोली बनेको छ । विश्वकप फुटबलको इतिहासमा कतारअघि मात्रै आयोजक राष्ट्र दक्षिण अफ्रिका पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप आयोजना भएको थियो ।

नेदरल्यान्ड्स र इक्वेडरबीचको खेलको कुरा गर्ने हो भने जितसँगै प्रतियोगिताको सुरुवात गरेका दुवै टोलीले जित निकाल्न नसकेपछि १–१ अंकको बराबरी गर्नुपरेको थियो । खेलको सुरुको १०–१५ मिनेटमा नेदरल्यान्ड्सले आफ्नो दबदबा देखाएको थियो तर त्यसपछि खेलभर इक्वेडरले जबरदस्त आक्रमण गर्ने शैली देखाउँदै ब्याकफुटमा राख्यो र कुनै न कुनै रूपमा नेदरल्यान्ड्सले हारबाट जोगियो र अंक बटुल्यो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस