
Soccer Football - FIFA World Cup Qatar 2022 - Group C - Argentina v Saudi Arabia - Lusail Stadium, Lusail, Qatar - November 22, 2022 Saudi Arabia's Salem Al-Dawsari celebrates scoring their second goal with teammates REUTERS/Marko Djurica



फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि साउदी अरबमा राष्ट्रिय बिदा घोषणा गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन् । विद्यालयहरु पनि बन्द रहनेछन् । साउदी अरेबियाको सामान्य मनोरन्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले एक दिन थिम पार्क र मनोरन्जन केन्द्रहरूमा निःशुल्क प्रवेश दिइने घोषणा गरे ।
मंगलबार दोहाको लुसेल स्टेडियममा भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ पराजित गरेको थियो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments