


उच्च ट्राफिकको कारणले विभिन्न टिभी सेवा प्रदायकको सर्भर डाउन भएका छन्।
विश्वकप सुरु हुनै लाग्दा सर्भर डाउन भए संगै दर्शकहरु विश्वकपको पहिलो खेल र उट्घाटन समारोह हेर्न बाट बन्चित हुन् सक्ने छन्। अहिले विश्वकपको उट्घाटन समारोह सुरु भइ सकेको छ भने पहिलो खेल केहि बेरमा हुने छ।
पहिलो पटक मुस्लिम मुलुकमा आयोजना हुन लागेको विश्वकपमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुनेछ । समूह ‘ए’ को खेल नेपाली समय अनुसार दोहास्थित अल वेत मैदानमा राति पौने ९ बजे सुरु हुने तालिका छ । विश्वकपका सबै खेलको प्रत्यक्ष प्रशारण नेपालमा समेत हुनेछ । पहिलो दिन एकमात्रै खेल हुनेछ । दुबै टोली पहिलो खेल जित्दै विजयी सुरुआत गर्न चाहन्छन् । यस समूहमा नेदरल्यान्डस् र सेनेगल समेत छन् । कतार आयोजकको नाताले पहिलो पटक विश्वकपमा सहभागी भएको हो ।
मध्यपूर्वी एसियाको सानो देशमा हुने विश्वकपले सन् २०१० बाट नै निकै विवादको सामना गर्नुपरेको थियो । युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, एसिया, अफ्रिका र आसियान क्षेत्रबाट उत्कृष्ट २३ टोलीले विश्वकपमा सहभागी जनाउनेछन् ।