RFPL 532 11.1 CGH 909 -5 HLBSL 1010 -10 SLBSL 1398.4 21.4 RURU 740 -9.8 BBC 4255 50 SPHL 666.9 16.9 STC 5908 9 HDL 1423.1 49.1 LEC 276.8 -6 API 289.5 2.5 NBLD87 1020 -8 NYADI 305.4 -6.6 SBD87 1048 11.9 NGPL 472 -2.9 EHPL 840 7.9 LBBLD89 1208.5 23.5 JOSHI 305 -6.8 NABBC 631 -12 SBLD89 1200 16.1 KSBBL 448 -3 ILI 483.5 -2.5 SONA 473.2 -7.8 MKHC 339 -1 EBLD85 1105 5 UMRH 475 -1.9 SFCL 704.1 63.6 NIMB 241.9 -9.1 MKJC 467.9 -1 KBLD89 1156 1 GBILD86/87 1030 4 PROFL 655 7 NIBSF2 8.9 0.08 HEIP 381.8 20.8 RADHI 397.9 7.9 RHGCL 388 0 NICA 452 -13 HURJA 220 -4.6 SGIC 641.2 -4.8 UNHPL 266 0
×
भारतमा थप २३.५ मेगावाट विद्युत निर्यात गर्न अनुमति



नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको छ ।

भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो । प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ ।

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१,२२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष पेश गरेको थियो ।

त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाखको विद्युत भारत निर्यात भइसकेको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत निर्यात गरी प्राधिकरणले १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस