×
Lagani
Lagani Shiksha gif
नागरिकता विवाद झिकेर फसाउन खोजियो : रवि लामिछाने



रवि लामिछानेले आफ्नो नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजेको बताएका छन् ।

बिहीबार चितवनको नारायणी किनारमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्  । ‘म सधैं चक्रब्यूहमा रहने गरेको छु । सञ्चारकर्ममा रहँदा पनि मलाई सधैं घेराबन्दीमा पारिन्थ्यो । मैले जसोतसो तपाईंको मायाले सद्‍भावले ती घेराहरु तोड्न सफल भएको थिएँ,’ उनले भने, ‘म अहिले पनि यस्तो चक्रब्यूहमा छु, त्यो चक्रब्यूहबाट तपाईंहरुले घण्टी चिह्नमा मतदान गरेरमात्रै सम्भव हुनेछ ।’

Lagani Shiksha gif
sharehubapk नागरिकता विवाद झिकेर फसाउन खोजियो : रवि लामिछाने

‘मलाई पटक-पटक म हुनुको प्रमाण मागिन्छ । मलाई प्रश्नहरुको घेरामा राखिन्छ । मलाई पटक-पटक शंकाको घेरामा राखिन्छ,’ उनले भने, ‘विदेशको सुविधा छोडेर नगन्य व्यक्तिहरुमात्रै देश फर्केर आएका छन् । मैले देश फर्केर बिराएछु कि जस्तो पनि लाग्छ ।’  त्यस्तै उनले नागरिकता विवादतर्फ इंगित गर्दै आफूलाई कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने बताए।

उनले आफ्नो पार्टीले चुनाव नजिते देश फेरि पनि भ्रष्टाचार र बेथितिको जालोमा पर्ने दाबी गरे । त्यहा भाग लिन जम्मा भएका हजारौं नागरिक स्वत:स्फूर्तरुपमा आएको बताउँदै उनले अब परिवर्तनलाई कसैले पनि रोक्न नसक्ने दाबी गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस