EDBL 645 -1.9 HURJA 220 -4.6 PBD84 1065 1.7 SLBBL 958.9 -4.2 SKBBL 934 -3 SAPDBL 569.6 -7.4 RIDI 235 0 ILI 483.5 -2.5 UAIL 639 -1 CIZBD90 1081 1 SPDL 310 5 RMF1 9.15 -0.1 GHL 218.5 -1.1 MND84/85 1030 2 HDL 1423.1 49.1 PHCL 465.1 -9.9 RBCL 17071 -109 SMATA 875 -16 NWCL 975 -13.9 CMF2 9.21 -0.1 HHL 439 -3.2 JOSHI 305 -6.8 OHL 925 -9 MEHL 380.1 -19.9 IGI 600 -4 HDHPC 208.8 -4.1 RADHI 397.9 7.9 MMF1 8.98 0.1 GRDBL 743 5 DLBS 1374 30 GIBF1 9.69 0.1 TVCL 461 1 UMRH 475 -1.9 USHL 783.2 -13.7 MLBSL 2000 -26 RBCLPO 12300 88 PBD85 1079.9 19.9 SMFBS 1505.2 6.2 MNBBL 395.8 -0.8 NMBMF 695 -10
×
नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई बुझाए ५० अर्ब रुपैयाँ



नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई ५० अर्ब रुपैयाँ बुझाएको पाइएको छ ।

उनीहरुले अमेरिकामा अध्ययन गर्नको लागि उक्त रकम आर्थिक वर्ष सन् २०२१/२२ मा बुझाएको इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आइआइई) र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१/२२’ मा खुलासा गरिएको हो ।

हालै सार्वजनिक गरिएको उक्त रिपोर्टमा गत आर्थिक वर्ष २०२१/२२ मा नेपाली विद्यार्थीले ३८ करोड ४० लाख अमेरिकी डलर (५० अर्ब ७ करोड रुपैयाँ) अमेरिकी अर्थतन्त्रमा योगदान गरेको उल्लेख छ ।

रिपोर्ट अनुसार उक्त वर्ष ११ हजार ७९९ जना नेपाली विद्यार्थी अमेरिकाका विभिन्न सहरमा अध्ययनरत थिए । ती विद्यार्थीले ५० अर्ब रुपैयाँ बरारबको शैक्षिक शुल्क अमेरिकाका विभिन्न विश्वविद्यालय र कलेजलाई बुझाएका हुन् ।

आर्थिक वर्ष २०२१/२२ मा कुल ९ लाख ४८ हजार ५१९ जना अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा अध्ययनरत थिए । शैक्षिक शुल्क वापत ती विद्यार्थीबाट अमेरिकाले ३२ अर्ब अमेरिकी डलर प्राप्त गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीबाट अमेरिकाले उठाएको कुल रकमको १.२ प्रतिशत हिस्सा नेपाली विद्यार्थीले बुझाएका थिए ।

अमेरिकामा गत वर्ष अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको सूचिमा नेपाल १२औं नम्बरमा रहेको छ । अर्थात अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औं ठूलो संख्या नेपालीको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले वृद्धि भएको रिपोर्टमा जनाइएको छ ।

अमेरिकामा अध्ययनरत सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीमा क्रमसः चीन, भारत, दक्षिण कोरिया, क्यानडा, भियतनाम, ताइवान, साउदी अरेबिया, ब्राजिल, मेक्सिको, नाइजेरिया, जापान र नेपालका रहेका छन् ।

ओपन डोर्स रिपोर्ट–२०२१/२२ अनुसार आर्थिक वर्ष २०१२/१३ मा ८ हजार ९२०, २०१३/१४ मा ८ हजार १५५, २०१४/१५ मा ८ हजार १५८, २०१५/१६ मा ९ हजार ६६२, २०१६/१७ मा ११ हजार ६०७, २०१७/१८ मा १३ हजार २७०, २०१८/१९ मा १३ हजार २२९, २०१९/२० मा १२ हजार ७३० र २०२०/२१ मा ११ हजार १७२ जना नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस