MBJC 321 -8 JFL 655 6 SBID83 1098 8.7 CFCL 647 27.1 PBD88 1102.1 2.1 BNT 14350 -50 RBCLPO 12300 88 SMFBS 1505.2 6.2 SIGS2 10.05 0 DHPL 242 1 SRBLD83 1065 -10 NFS 1350 -43 CCBD88 1123.1 6.1 MBLD2085 1085 6.5 PBLD87 1028 -2 UPCL 262.2 -2.7 CZBIL 242 -10 JBLB 1534 -3 USHEC 523 -7 HLI 472 -4 SSHL 215 0.8 MLBL 398 -6.9 EBL 605 5 NBLD85 1025 0 MMKJL 543.6 9.6 TVCL 461 1 PMHPL 260 -4 BGWT 934.9 -21.1 SHEL 242.9 -4.7 MFLD85 1050 -20 IGI 600 -4 JSLBB 1513.9 38.9 USHL 783.2 -13.7 MHL 725 3.5 LICN 1995.9 -27.1 NMFBS 1435 1 SLCF 9.21 -0.1 MPFL 751 5 SCB 691.1 3.6 SPHL 666.9 16.9
×
तीन महिनामा नेपालले १ अर्ब ३३ करोडभन्दा बढीको चिया र कफि निर्यात गर्यो 



नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको चिया र कफि विभिन्न देशमा निर्यात गरेको छ ।

भन्सार विभागका अनुसार २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको चिया र कफि नेपालले निर्यात गरेको हो ।

उक्त तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख २६ हजार रुपैयाँको ५७ लाख ८५ हजार ९०७ केजी चिया र कफि नेपालले निर्यात गरेको विभागले जनाएको छ ।

बितेको तीन महिनामा १ करोड ९९ लाख ७२ हजार रुपैयाँको कफि र १ अर्ब ३१ करोड ९९ लाख ५४ हजार रुपैयाँको चिया नेपालले निर्यात गरेको छ । नेपालबाट ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ निर्यात हुने गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको कफि अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, ताइवान र अमेरिका निर्यात भएको छ ।

उक्त अवधिमा अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, चीन, भारत, चेक रिपब्लिक, इस्टोनिया, फिनल्याड, फ्रान्स, जर्मनी, हंगेरी, जापान, दक्षिण कोरिया, लिथुवानिया, नेदरल्याण्ड्स, न्युजल्याण्ड, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, रोमानिया, रुस र नामिबिया गरी विश्वका २२ देशमा नेपालको चिया निर्यात भएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले १ अर्ब ४ करोड ५० लाख ७० हजार रुपैयाँको चिया तथा कफि निर्यात गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस