PCBL 292 -2 MAKAR 500 6 VLUCL 588 -1.9 AVYAN 909 -6 RFPL 532 11.1 SPC 520 5 EBLD85 1105 5 MSHL 938 3 UPPER 214.2 -1.8 SLCF 9.21 -0.1 NLO 242.1 0 JBLB 1534 -3 SHLB 1886.9 1.9 TRH 1118 -5 NICFC 8.97 -0.33 BEDC 470 0 SLBBL 958.9 -4.2 AHPC 267 -0.6 NMB50 10.3 0.05 CHL 353 0.4 LICN 1995.9 -27.1 KMCDB 1027.8 -11.1 LSL 253.5 -5.5 NRIC 803 -5 SAGF 9.31 0.01 NLICL 606 -4 GBIME 256.1 -4.4 MPFL 751 5 LLBS 1050 5 PBD84 1065 1.7 SMH 1064.8 5.9 NMBD87/88 1027 -3 SAMAJ 3321.1 1.1 HEI 648 -10 GBBLPO 205 0 SFCL 704.1 63.6 NIL 912 8 MKHL 493 -6 OHL 925 -9 ULBSL 3199 37
×
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको अन्तिम सम्झौता पत्रमा हस्ताक्षर



ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  दुई बैंकको मर्जरका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चलरअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १:१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरेका छन् ।

मर्जर पश्चात बैंकको कूल पुँजी ५७ अर्ब र चुक्ता पूँजी ३५ अर्ब ७७ करोड पुग्ने बैंकका अधिकारीहरूले बताएका छन् । बैंकको कूल निक्षेप ४ खर्ब र कूल कर्जा ३ खर्ब ७९ अर्बभन्दा बढि हुने बताइएको छ ।

मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।  नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहनेछन् ।

त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नै निरन्तरता पाउने भएका छन् ।

दुई बैंकहरुको मर्जर पश्चात ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु रहने छन् । बैंकको ४० लाखभन्दा बढी ग्राहक हुने बैंकका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस