


नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमईले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आगामी मंसिर १६ गते बोलाएको २२ औं वार्षिक साधारण सभामा सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन गर्ने एजेण्डा रहेको छ । कम्पनीले जारी गरेको सूचनामा उक्त सभामार्फत् चुक्तापूँजीको ५० प्रतिशत बोनस शेयर र बाँकी आईपीओ जारी गर्ने प्रस्ताव पारित हुने छ ।
हाल कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ छ। वार्षिक साधारणबाट आईपीओ जारीको विशेष प्रस्ताव पारित गरी आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाइने कम्पनीले बताएको छ । ८ वर्ष अघि कम्पनी लिमिटेडमा रुपान्तरण भएको हो ।
नेपालमा दुई दशकदेखि रेमिट्यान्स सेवा दिंदै आएको उक्त कम्पनीले झण्डै २०० ओटा मलुकहरुबाट एजेन्सीको रुपमा विप्रेषण भित्र्याइरहेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted