×
Lagani
Lagani Shiksha gif
सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै आइएमई।



नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमईले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आगामी मंसिर १६ गते बोलाएको २२ औं वार्षिक साधारण सभामा सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन गर्ने एजेण्डा रहेको छ । कम्पनीले जारी गरेको सूचनामा उक्त सभामार्फत् चुक्तापूँजीको ५० प्रतिशत बोनस शेयर र बाँकी आईपीओ जारी गर्ने प्रस्ताव पारित हुने छ ।

Lagani Shiksha gif
sharehubapk सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै आइएमई।

हाल कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ छ। वार्षिक साधारणबाट आईपीओ जारीको विशेष प्रस्ताव पारित गरी आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाइने कम्पनीले बताएको छ । ८ वर्ष अघि कम्पनी लिमिटेडमा रुपान्तरण भएको हो ।

नेपालमा दुई दशकदेखि रेमिट्यान्स सेवा दिंदै आएको उक्त कम्पनीले झण्डै २०० ओटा मलुकहरुबाट एजेन्सीको रुपमा विप्रेषण भित्र्याइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस