×
Lagani
Lagani Shiksha gif
झारफुक गर्दा झाँक्रीले अगुल्टो झोस्दा र्‍यापर हप्याकको मुख डढ्यो ! (भिडियो सहित)



‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी र्‍यापर हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका छन् ।

नवलपरासीको कावासोतीमा गत साता भएको उक्त घटनाको भिडियो सार्वजनिक भएपछि अहिले पीडित र्‍यापरलाई न्याय दिनुपर्ने चौतर्फी माग उठेको छ ।शुक्रबार नेपहपको श्रीपेचले आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरेको उक्त घटनाको भिडियोमा र्‍यापर हप्याकमाथि आगो झोस्नेदेखि कुटपिट गरिएको देख्न सकिन्छ ।

Lagani Shiksha gif
sharehubapk झारफुक गर्दा झाँक्रीले अगुल्टो झोस्दा र्‍यापर हप्याकको मुख डढ्यो ! (भिडियो सहित)

उक्त घटनापछि उनको मुख डढेकोले र्‍यापर हप्याक बोल्ने अवस्थामा छैनन् । त्यस्तै सामाजिक सञ्जालमा समेत पीडितलाई न्याय दिनुपर्ने माग उठिरहेको छ । साथै, दोषीलाई कारवाही गर्नुपर्ने माग हिपहप संगीत क्षेत्रले गरेको छ ।

सार्वजनिक भिडियोमा झाँक्रीले जबर्जस्ति मुखमा अगुल्टो झोसेको देख्न सकिन्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस