×
Lagani
Lagani Shiksha gif
आइतबारदेखि मर्जरमा गएका कम्पनीहरुको सेयर कारोबार खुला हुने, बोर्डले लागू गर्यो निर्देशिका।



नेपाल धितोपत्र बोर्डले शेयर कारोबार रोक्का सम्बन्धी निर्देशिका लागू गरेको छ ।

सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेको थियो। उक्त निर्देशिका लागू भएसँगै अब मर्जरका लागि कुनैपनि कम्पनीको शेयर कारोबार अधिकतम १५ दिनभन्दा बढी रोक्का हुने छैन ।

Lagani Shiksha gif
sharehubapk आइतबारदेखि मर्जरमा गएका कम्पनीहरुको सेयर कारोबार खुला हुने, बोर्डले लागू गर्यो निर्देशिका।

यसअघि यो नीति नभएको कारण शेयर कारोबार एकीकृत कारोबार भएको धेरै महीनासम्म पनि रोक्का हुने गरेको थियो तर अब यो नीति लागु भएपछि १५ दिन भन्दा बढी कारोबार रोका हुने छैन। अबदेखि धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्य दिनसम्म शेयर कारोबार रोक्काका लागि कुनै पनि कम्पनीले धितोपत्र बजारमा निवेदन दिनु पर्छ।

हाल मर्जर तथा प्राप्तिको क्रममा रहेका करीब ३४ ओटा कम्पनीको शेयर कारोबार रोक्का छ । निर्देशिका लागू हुनुअघि गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस