


बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मङ्गलवार राति तीन पटकसम्म भूकम्प गएको थियो जसमध्य २ वटा ५ दशमलव ७ रेक्टर स्केल भन्दा बढीका थिए।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted