


राजस्थानको भरतपुर जिल्लामा एक महिला शारीरिक शिक्षक एक छात्रासँग प्रेममा परेकी छन् ।
भनिन्छ प्रेममा सबै जायज हुन्छ, त्यसैले प्रेम बढाउनका लागि उनले आफ्नो लिंग परिवर्तन गरी केटीबाट केटा बनेर स्कुलकी छात्रासँग विवाह गरिन् । शारीरिक शिक्षिका मीरा दीग उपखण्डको मोतीका नागलाको सरकारी माध्यमिक विद्यालयमा कार्यरत रहेको बताइएको छ । मीराले स्कुलमा पढ्दै आएकी कल्पना नामकी विद्यार्थीलाई कबड्डी खेल सिकाइन र कल्पनालाई राज्यस्तरमा कबड्डी खेल्न लगाइन ।
मीरा आफ्नै विद्यालयकी छात्रा कल्पनासँग प्रेममा परेकी थिइन् । प्रेम यति बढ्यो कि मीराले आफ्नो लिंग परिवर्तन गरेर केटा भइन् र २ दिनअघि आफ्नी छात्रा कल्पनासँग विवाह गरिन् । विवाहपछि दुवै जना निकै खुसी देखिन्छन् । आरव मीरा बने र कल्पनाको विवाहबाट दुवै परिवार निकै खुसी छन् । लिंग परिवर्तन गरेपछि मीराबाट आरव बनेका बेहुलाले आफु सरकारी विद्यालयमा फिजिकल टिचर भएको बताए । सोही गाउँकी छात्रा कल्पना पनि खेल्न निकै माहिर थिइन् । त्यही क्रममा हामी दुवै प्रेममा पर्यौँ । उनले भने।
शिक्षिकाले भनिन्, “म सुरुदेखि नै लिंग परिवर्तन गर्न चाहन्थें। २०१२ मा मैले एउटा समाचारमा कसैले लिङ्ग परिवर्तन गरेको खबर पढेको थिएँ, तबदेखि यो सब कहाँ र कसरी हुन्छ भन्ने सोचेको थिएँ । त्यसपछि मात्रै युट्युब मार्फत थाहा पाएँ । दिल्लीमा एक जना डाक्टर हुनुहुन्छ जसले लिंग परिवर्तनको शल्यक्रिया गर्नुहुन्छ। म त्यहाँ गएर आफ्नो उपचार गराए, उपचार २०१९ बाट सुरु भयो र अन्तिम शल्यक्रिया २०२१ मा भएको थियो। म केटी भएर जन्मिएँ तर केटी होइन म केटा हुँ त्यसैले मैले लिंग परिवर्तन गरें र २ दिनअघि मेरी छात्रा कल्पनासँग विवाह गरें, अहिले हाम्रो परिवारका सदस्यहरू खुसी छन् ।”
दुलही कल्पनाले भनिन्, “मेरो विद्यालयमा शारीरिक शिक्षिका हुनुहुन्थ्यो, मीरा, जसले मलाई कक्षा १० देखि नै खेलकुद सिकाउनुहुन्थ्यो । मेरो खेल कबड्डी हो र आज म जे छु, त्यो मेरो श्रीमान् बनेका आरवकै कारणले भएको हो। कल्पनाले भनिन् कि म चाहन्थें । उहाले सुरुदेखि नै शल्यक्रिया नगरे पनि म उहासँग बिहे गर्न तयार थिए ।यो कुरा पनि हाम्रो मनमा थियो कि मानिसहरूले के भन्छन् हामी गुरु र शिष्य बिहे गर्यौं।परिवारसँग कुरा गरें। मेरो श्रीमानले लिंग परिवर्तन गरेपछि केटाहुनुभयो । हामी प्रेममा थियौं, त्यसैले हामीले २ दिनअघि विवाह गर्यौं।”